रोग निको पार्ने हिटीहरू आफैँ ‘बिरामी’
२२ साउन २०८२
•
७ मिनेट पाठ
रोग निको पार्ने हिटीहरू आफैँ ‘बिरामी’
<br>
भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकि (स्वाःस्वाः) अजिमालाई जल चढाइ पूजा चढाए दम रोग निको हुने धार्मिक विश्वास रहेको छ।




अहिले पनि स्थानीयहरु स्वाःस्वाः आउँदा औषधिले काम नगरेपछि स्वकी अजिमा पूजा गर्ने परम्परा कायमै छ। तर स्वकी अजिमा हिटी पूरै झारपातले पुरिएको अवस्थामा छ।

भक्तपुर नगरपालिका–१ कै वासिकचा हिटी धार्मिक रूपले पवित्र मानिन्छ। यो हिटीमा स्नान गरी जल ग्रहण गर्नाले टाउको दुखाइ रोग निवारण हुनुका साथै जिउ भारी भई थकान मुक्त हुने स्थानीय ८५ वर्षीय लतङ्काजी खत्रीले सुनाए।

उनी अहिले पनि टाउको दुःखेको बेलामा उक्त हिटीमा स्नान गरी गणेश, नारायण र महादेवलाई जल चढाइ दर्शन गर्ने गरेको बताउँछन्।

भक्तपुर नगरपालिका–५ तुलाछेस्थित त्रिपुरा राजदरवारभित्र रहेको त्रिपुरासुन्दरी विद्या पीठको हिटी पनि धार्मिक तथा सांस्कृतिक रूपले अत्यन्त पवित्र मानिन्थ्यो। हिटीसँगै संरक्षणको पर्खाइमा रहेका महादेवलगायत विभिन्न देवीदेवताको मूर्ति रहेको छ।

साथै, हिटी परिसर सूर्यविनायक गणेश मन्दिर र कर्माचार्यको आँगद्यो रहेको छ। गणेश र आँगद्योलाई स्नान गराउने यो हिटीको पानी जर्मन परियोजना लागू भएपछि मुहान सुकेर बन्द भएको स्थानीय बताउँछन्।

त्यसैगरी त्रिपुरा राजदरबारभित्रै अर्को धार्मिक हिटी रहेको छ। तर यो हिटीलाई निजीकरण गरी हाल भुइसाहुको घरको भूइँतल्लामा राखिएको छ। हिटी परिसर पूरै रत्न भवनको नाममा व्यापारिक क्षेत्रमा परिणत भइसकेको छ भने हिटीमा आउने पानीको स्रोत बन्द छ।

भक्तपुर नगरपालिका–५ सुकुलढोकाको बुलुबुलु हिटीलाई पनि सांस्कृतिक तथा धार्मिक रूपले अत्यन्त महत्वपूर्ण मानिन्छ। यो हिटीको पानी स्थानीय महादेव, नारायण देवलाई चढाउँछन्।

नगरको मुख्य सडक छेउमा रहेको यो हिटीले बटुवाहरुले प्यास मेटाउने कार्य समेत गर्दै आइरहेको स्थानीय सत्य श्रेष्ठले बताए। हिटी अहिले संरक्षणको पर्खाइमा छ।

धार्मिक र सांस्कृतिक महत्वसँग जोडिएका भक्तपुरका नौ हिटीमध्ये भक्तपुर नगरपालिका–३ नासमना दबु हिटी अर्को पवित्र हिटीका रूपमा लिइन्छ। यो हिटीको पानीले स्थानीय अर्धनारेश्वर र उमामहेश्वरलाई स्नान गराउने परम्परा रहेको स्थानीय ७१ वर्षीया नाराकाजी सिल्पकारले बताए।

उनका अनुसार नजिकै मङ्गलकुण्ड रहे पनि यो हिटीकै पानीले स्नान गराउने परम्परा थियो। यो हिटीको परम्परागत मुहान बन्द भएपछि अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वितरण गरेको पानी जडान गरी सञ्चालन गरिरहेको छ।

सूर्यविनायक गणेश मन्दिर छेउको इनारे हिटी पनि नौ हिटीसँग जोडिएको हिटी हो। यो हिटीको पानीले सूर्यविनायक गणेश मन्दिरलगायत परिसरमा रहेका सबै देवीदेवतालाई स्नान गराइन्छ।

दर्शन पूजनका लागि आएका भक्तजन इनारे हिटीमा हातखुट्टा धाएर चोखो गरी गणेशलाई सोही हिटीको जल चढाइ दर्शन गर्ने परम्परा अहिले पनि जीवितै छ। त्यसैगरी मन्दिर नजिकै तल ओरालोमा रहेको इनारे लुखाहिटी पनि सांस्कृतिक रूपले अत्यन्त पवित्र मान्निछ।

यो हिटीको पानीले स्थानीय विभिन्न देवीदेवतालाई स्नान गराइन्छ। हाल यो हिटीमा वर्षाको समयमा पानी आउँछ अरु बेला सुख्खा रहन्छ। यो हिटीमा स्थानीयले प्रयोग गर्न मिल्ने गरी धारा जडान गरिएको छ।

संस्कृतिसँग जोडिएका हिटीमध्ये अर्को महत्वपूर्ण हिटी हो भक्तपुर नगरपालिका–९ तचपालको भिसिंद्यो हिटी। नौ हिटीमध्ये सबैभन्दा बढी क्षेत्रफल ओगटेको यो हिटी परिसरमा बालबालिकामा रुन्चे लाग्दा मुख धुवाउने पवित्र कुण्ड, नारायण, धार्मिक समन्वय र सदभावको अनुपम उदाहरणस्वरूप शिवलिङ्ग र चैत्यलगायतका विभिन्न देवीदेवताका मूर्ति छन्।

हिटीमा नियमित पानी आइरहेको छ। हिटीको पानीले नियमित भिसिंद्यो र गुरु दत्तात्रयलाई स्नान गराउने परम्परा छ। स्थानीय दैनिकी बिहान नृत्य स्नान गरी हिटीको पानी स्थानीय देवीदेवतालाई चढाउने गर्दछ।

सूर्यविनायक गणेश मन्दिरको इनारे हिटीदेखि सुरु भई क्रमशः इनारे लुखा हिटी, स्वकी अजिमा हिटी, वासिकचा हिटी, नासमना हिटी, त्रिपुरासुन्दरी विद्यापीठ हिटी, भूइसाहुको घरको हिटी, बुलुबुलु हिटी र भिसिंद्यो हिटी गरी नौ हिटीमा स्नान गरी दर्शन पूजन गरी पूर्णता पाउने धार्मिक मान्यता छ।

उल्लेखित भक्तपुरका हिटी धार्मिक, सांस्कृतिक एवम् विभिन्न रोग निदानसँग सम्बन्धित रहेको छ। भक्तपुरमा धार्मिक तथा सांस्कृतिक आस्था रहेका, इतिहास बोकेका, रोग निवारणका लागि बनाएका, शहरको शोभा, सुन्दरता बढाउन विभिन्न कालखण्डमा निर्मित लौकिक वास्तुकलाको अनुपम उदाहरणका रूपमा सुन्दर मनोमोहक हिटीहरु छन्।

भक्तपुरका हिटीमा लिच्छवीकालदेखि मल्लकालसम्मका शैव शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति रहेका छन्।

विशेषगरी गुन्हुपुन्हि अर्थात जनै पूर्णिमामा नौ हिटीमा स्नान गर्नाले पुण्य प्राप्तिका साथै विभिन्न रोगहरुको प्रकोपबाट जोगाउने धार्मिक विश्वास रहेको छ। यस दिन हिटी माथि अवस्थित उत्तरापन्थका देवीदेवताको दर्शन गर्नाले दिवङ्गत भएका परिवारका सदस्य सापारु (गाईजात्रा) को दिन ईश्वरीय धाममा प्रवेश पाउने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन्।

नगरमा १७ पूर्वाभिमुख, २९ पश्चिमाभिमुख, दुई उत्तराभिमुख र २२ दक्षिणभिमुख हिटी छन्। तीमध्ये पूर्वाभिमुखका नौ हिटीलाई अत्यन्त धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिएको छ।

नौ हिटी लिच्छवीकालीन समयमा बनाएको तलेजु तथा त्रिपुरासुन्दरी विद्यापीठको आगंद्योको मुख्य पूजारी सिद्धीवीर कर्माचार्यले बताए। नेवार समुदायमा गुन्हुपुन्हीको दिन गुपुहिटी सिकवानेगु (नौ वटा हिटी चिन्न जाने) परम्परा रहेका छ।

यसैले भक्तपुरमा रहेको १७ मध्ये स्थानीय जनजीवनसँग जोडिएको पूर्वाभिमुख नौ हिटीमा तीर्थ स्नान गर्न जाने चलन छ। भक्तपुरका हिटीमध्ये धर्म संस्कृतिसँग जोडिएको नौ हिटीको विषेश महत्व रहेको पुरातत्वविद्, इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठले बताए।

वास्तुतन्त्र विधि अनुरूप निर्माण गरिएका भक्तपुरको नौ हिटीलाई नवदुर्गा र नवग्रहको आशिर्वादका रूपमा लिन सकिने उनले बताए।

श्रेष्ठका अनुसार नौ हिटीमा तीर्थस्नान गर्नाले सुख, शान्ति, समृद्धि प्राप्त गर्नुका साथै स्वस्थ हुने जनविश्वास रहेको छ। गुन्हुपुन्हीमा नौ जोर लुगा लगाएर, नौ थरिको गेडागुडीको क्वाँटी खाएर, पूर्वतिर फर्केको नौ वटा हिटीमा तीर्थ स्नान गर्न गयो भने सुख, शान्ति, समृद्धि भई मृत्युपश्चात् पितृ भएर बाँच्न पाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ।

तर आधुनिकतासँगै नौ हिटीमा स्नान गर्न जाने परम्परा लोप हुँदै गएको छ। भक्तपुर नगर स्थापना गर्ने लिच्छवी राजा आनन्ददेवले वास्तुमय बनाउने क्रममा विभिन्न हिटी निर्माण गरेको इतिहासमा उल्लेख छ। लिच्छवी राजा मानदेव प्रथमको नातिले हिटी बनाएको इतिहासमा उल्लेख छ।

भक्तपुरमा लिच्छिवी र मल्लकालीन हिटी छन्। तीमध्ये मल्लकालीन ८० वटा र बाँकी लिच्छवीकालीन हिटी भएको इतिहासमा छ। भक्तपुरमा १०३ वटा हिटीमा अहिले करिब ७० वटा बाँकी छ। अधिकांश हिटी पुरिएको, घाँसेमैदानले छोपिएको देखिन्छ। कतिपय हिटीले भक्तपुर नगरपालिकाको सहयोग र स्थानीयको श्रमदानमा पुनर्जीवन पाएको छ।

भक्तपुरको तलेजुभित्रको हिटी, तमारीको सुनधारा हिटीमा पानी आउन बन्द भएको छ। कतिपय हिटी वर्षामा पोखरीमा परिणत हुन्छ। इन्द्रायणी, महाकाली, पीठको हिटी, बजिगाँचा हिटीको निकास बन्द हुँदा वर्षैभरि पानीले भरिएको हुन्छ भने गोमारीको पञ्चतीर्थको हिटी, भिसिङ्द्यो हिटी वर्षामा पोखरी बन्छ।

नौ हिटीमा तीनवटा हिटीमा मात्र पानी आउँछ। अरु सबै पुनःजीवनको पर्खाइमा बसेका छन्। हिटी चारपाटे लाम्चो अकारको हुन्छ। ठाउँअनुसार फरक देखिने हिटी हेर्दा अधिकांश मकर (गोही) को मुखबाट पानी बगिरहेको देखिन्छ।

गोही गङ्गा महारानीको वाहन भएकाले धेरैजसो हिटीमा मकर राखिएको स्थानीय बताउँछन् । त्यसैगरी गोमुखी (गाई), अजामुखी (बाख्राको मुखी), ब्याघमुखी (बाघको मुख), र गजामुखी (हातीको मुख) भएका हिटी पनि छन्।

लिच्छवीकालीन हिटीको मुनी यक्ष हुन्छ भने मल्लकालीन हिटी मुनी शङ्ख बजाउँदै गरेको भगीरथ राखिएको हुन्छ। हिटी परिसरमा नारायण, महादेव, शैवलगायतका विभिन्न देवीदेवताको मूर्तिहरु राखिएको हुन्छ भने कुनै हिटी परिसरमा कुण्ड निर्माण गरिएको पाइन्छ।

हिटीमा विभिन्न देवीदेवता राख्नु भनेको हिटीको पानीमा दैवी शक्तिका कारण रोगलाई निको पार्ने औषधियुक्त गुण हुने स्थानीय हीरालाल श्रेष्ठले बताए।

उनका अनुसार पूर्वमा फर्केका हिटीले विभिन्न रोगको निवारण गर्ने, पश्चिममा फर्केका हिटीले नगरबासीको हितको लागि, उत्तरमा फर्केको हिटीले महादेवलाई जल चढाएको र दक्षिणमा फर्केको हिटीले मृतकलाई तर्पण दिएको सङ्केत जनाउँछ।

धार्मिक र सांस्कृतिक आस्थासँगै नगरको शोभा बढाउन र दैनिक जीवनमा पानीको आवश्यकता पूर्ति गर्न निर्माण गरिएका वास्तुकलामा अनुपम नमूनायुक्त हिटी संरक्षणको अभावले कुरूप बन्नुका साथै लोप हुने अवस्थामा पुगेका छन्। कतिपय लोप भइसकेका छन्।

यस्ता सम्पदाको संरक्षण गरी वैकल्पिक स्रोतको परिचालन गरी निरन्तर पानी आउन बनाउन सके यसले नगरको सौन्दर्यकरणसमेतमा टेवा पुग्ने देखिन्छ।

-लक्ष्मी गारु\रासस
अर्को समाचार
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
१२ घण्टा अघि
•
१ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
चितवन। गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ। 




मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा यही मङ्सिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवङ्गत पितृहरूको मुक्तिको कामना गर्दै यही मङ्सिर २० गतेदेखि तीन दिनसम्म सो महायज्ञको आयोजना गरिएको हो।

वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजनसहित विशेष धान्याञ्चल अनुष्ठान गरिने सो महायज्ञमा दिवङ्गत आत्माहरूको उद्धार, मुक्ति र शान्तिको कामना गर्दै पितृमुक्ति महायज्ञ गर्न लागिएको मुक्तिनाथ बाबाले जानकारी दिए। यस अन्तर्गत पितृहरूको सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृहरूको तर्पण र नारायणबलि लगायतका कार्य हुने छन्। 

स्वामी कमलनयनाचार्यले भने, 'भोटेकोशी बाढीले सबै नेपालीलाई जस्तै मलाई पनि ठूलो पीडा दिएको छ। त्यसैगरी अन्य बिपत्ति, महामारी आदिमा कैयौँ नेपालीको अकालमै ज्यान गएको छ। त्यसैले सबै दिवङ्गत आत्माहरूको मुक्ति, शान्ति र सद्गतिको कामनास्वरुप यही विराट महायज्ञमै विशेष पितृमुक्ति अनुष्ठानको सङ्कल्प गरेका हौँ।' 

सामूहिक रूपमा गरिने यस विशेष अनुष्ठानमा दिवङ्गत पितृहरूका आफन्त कर्ताका रूपमा आफैँ सहभागी भएर कर्म गर्ने तथा उक्त कार्यका लागि पितृहरूको नाम, गोत्र, तस्बिर आदि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको सो विराट महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए। 

यही मङ्सिर १ गतेदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा विराट महायज्ञ सुरु हुनुअघि पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै त्यहाँ आइपुगेको थियो। 

सो विराट महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर नेपालमा वैदिक विश्वविद्यालय स्थापनाका साथै हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण गर्न, नेपालका तीर्थस्थलको प्रचार गरी नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न आयोजना गरिएको मुक्तिनाथ बाबाले जानकारी दिए।

उनले यी महत्वपूर्ण धार्मिक अनुष्ठानहरूमा प्रत्यक्ष सहभागी भएर पुण्य आर्जन गर्न पनि समस्त वैदिक सनातन धर्मावलम्बीहरूलाई आग्रह गरेका छन्। रासस
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस