धर्तीको ‘स्वर्ग’ बडिमालिका: प्रकृति र आस्थाको अनुपम उपहार
२९ साउन २०८२
•
४ मिनेट पाठ
धर्तीको ‘स्वर्ग’ बडिमालिका: प्रकृति र आस्थाको अनुपम उपहार
भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ।




भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बाँया हातको कुम पतन हुनगई सोही बाँया हातको कुमबाट माता बडिमालिकाको उपस्थिति भएको किंवदन्ती छ। यहाँ भगवान् शिवको लामो समय बसोबास भएको धार्मिक विश्वास रहिआएको बडिमालिकाका पुजारी भानुभक्त पाध्यायले जानकारी दिए।

हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्ला केही वर्षयता स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेको छ।

प्राकृतिक दृश्य, धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीय रूपले यो क्षेत्र पर्यटक र भक्तजन दुवैका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको स्थानीय बताउँछन्। नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका अनुपम उपहार हुन्।

यहाँका सौन्दर्य भनेकै विशाल फाँटहरू हुन्। बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्दा जोकोही आकर्षित र मोहित हुन्छन्।

समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्रका मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गिचङ्गी फूल, विष्णुपानी, धर्मद्वार प्रसिद्धस्थल हुन्।

खेतीबेती क्षेत्रमा परापूर्वकालमा भगवती र महिसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको स्थानीयको भनाइ छ।

यहाँ डाँफे, मुनाल, कस्तुरी, झालरलगायत दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन्। सफा मौसमका बेला बडिमालिकाबाट उत्तरतर्फका अपूर्व हिमश्रृङ्खलासहित अपी, सैपाल हिमाल स्पष्ट देख्न सकिने पुजारी पाध्यायले सुनाए।

सवारीसाधन सञ्चालन हुने सडक पूर्वाधारको अभावमा घोडेटो बाटोमा पैदल हिँडेर यहाँसम्म पुग्न केही कठिनाइ हुने भएपनि पुगेपछि आध्यात्मिक शान्ति, मनोरम हरियाली पाटन, हिमश्रृङ्खला र प्राकृतिक सौन्दर्यका अगाडि यात्राका क्रममा हुने कठिनाइ गौण हुने उनले विश्वास व्यक्त गरे।

धार्मिक र पर्यटकीय दृष्टिले यो क्षेत्रको महत्त्व बढी भएपनि पूर्वाधार जुटाउने विषयमा सरकारको पर्याप्त ध्यान पुग्न नसकेको गुनासो भक्तजनको छ। स्तरीय बाटो, खानेपानी र शौचालयको अभाव, धर्मशाला एवं बासस्थानको कमीले तीर्थालुलाई कठिनाइ हुने बताइएको छ।

सुरक्षित पैदल मार्ग बन्न नसकेका कारण बाटोमा चिप्लियर दर्शनार्थीले कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर पैदल हिँड्ने क्रममा चिप्लिएर कतिपयले अकालमा ज्यान गुमाउनु परेको छ।

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश पर्यटन विकास कार्यक्रम इकाइका निमित्त प्रमुख डबलबहादुर बोहराले मन्त्रालयले बडिमालिकाका लागि चालु वर्षमा शौचालयसहितको अतिथि गृह र विश्रमगृह निर्माण गर्ने योजना बनाएको बताए।

उनले भने, “प्रदेश सरकारले यो क्षेत्रमा पूर्वाधार जुटाउनमा साधनस्रोतले भ्याएसम्म काम गरिरहेको छ”, उनले भने, “यहाँ पुग्न कतिपय ठाउँमा पदमार्ग निर्माण भइसकेका छन्, भौगोलिक विकटता र मौसमको प्रतिकूलताका कारण बजेट विनियोजन गरिएपनि अहिले काम भएको छैन।”

आगामी वर्ष एसियाली विकास बैङ्कको सहयोगमा यो क्षेत्रमा थप पूर्वाधारहरू विस्तार गर्नका लागि पहल भइरहेको प्रमुख बोहराले जानकारी दिए। उच्च भूभाग भएकाले अक्सिजनको कमीले ‘लेक लागेर’ बेहोस हुने समस्या पनि कतिपय तीर्थयात्रुले झेल्नु परेको उनको भनाइ छ।

करिब ४५ हजार दर्शनार्थीद्वारा पूजा

यो वर्ष लागेको मेलामा ४५ हजार बढी भक्तजनले बडिमालिका माताको पूजा तथा दर्शन गरेका छन्।

नेपाल स्काउट, सुदूरपश्चिम प्रदेशका प्रमुख आयुक्त नरेन्द्र थापाले बडिमालिकामा यस वर्ष यही साउन १४ गतेदेखि सुरु भएको नवाह यज्ञ सहितको मेला साउन २३ गते मुख्य पूजा गरेर समापन भएको बताउँदै करिब ४५ हजारले दर्शन गरेका जानकारी दिए।

थापाले भने, “आफू पनि मेला अवधिभर बडिमालिकामा थिएँ, मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन भए पनि यस वर्ष नेपाली सेनामार्फत् बडिमालिका मन्दिरको जीर्णोद्धार गरिएको अवसरमा साउन १४ गतेदेखि नवाह लगाएर पूजा सुरु भएको थियो।”

उनका अनुसार जीर्ण बनेको परम्परागत मन्दिरलाई करिब दुई करोडको लगानीमा नेपाली सेनाले नयाँ शैलीको कलात्मक बडिमालिकाको मन्दिरको रूपमा जीर्णोद्धार गरेको हो।

मन्दिरको जीर्णोद्धार गरिएकाले नौ दिनसम्म नौ ब्राह्मणद्वारा दैनिक पूजाआजासहित शुद्धाशुद्धिका लागि नवाह गरिएको थापाले जानकारी दिए। विगतका वर्षहरूमा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन चतुर्दर्शीका दिन मात्रै यहाँ पूजासहितको मेला लाग्ने गरेको थियो।

यस वर्षको मेलामा पनि देशका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाटसमेत दर्शनार्थीहरू पूजा तथा दर्शनका लागि आएका बडिमालिकाका पुजारी पाध्यायले जानकारी दिए। उनले भने, “बडिमालिका धार्मिक आस्थाको अपूर्व सङ्गम हो। यहाँ प्रत्येक वर्ष लाग्ने मेलामा बाजुरा, डोटी र जुम्ला र कालिकोटबाट पूजा सामग्रीसहित सरकारी टोली आउने परम्परा छ।”

मन्दिर परिसरमा परम्परागत बाजागाजासहित सास्कृतिक प्रदर्शन र भक्तजनको उत्साहपूर्ण सहभागिताले वातावरणलाई थप जीवन्त बनाएको यहाँ पुगेका पत्रकार पदमबहादुर सिंहले बताए।  

जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरेपनि अन्य समयमा पनि पर्यटक यहाँ आउने गर्दछन्। बडिमालिका माताको दर्शन र पूजा गर्नाले मनोकामना पूरा हुने, रोगव्याधी निको हुने, निसन्तानलाई सन्तान प्राप्ति हुने जनविश्वास रहिआएको पुजारी पाध्यायले जानकारी दिए।

सिद्धराज भट्ट र प्रेम रौले\रासस
अर्को समाचार
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
१२ घण्टा अघि
•
१ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
चितवन। गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ। 




मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा यही मङ्सिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवङ्गत पितृहरूको मुक्तिको कामना गर्दै यही मङ्सिर २० गतेदेखि तीन दिनसम्म सो महायज्ञको आयोजना गरिएको हो।

वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजनसहित विशेष धान्याञ्चल अनुष्ठान गरिने सो महायज्ञमा दिवङ्गत आत्माहरूको उद्धार, मुक्ति र शान्तिको कामना गर्दै पितृमुक्ति महायज्ञ गर्न लागिएको मुक्तिनाथ बाबाले जानकारी दिए। यस अन्तर्गत पितृहरूको सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृहरूको तर्पण र नारायणबलि लगायतका कार्य हुने छन्। 

स्वामी कमलनयनाचार्यले भने, 'भोटेकोशी बाढीले सबै नेपालीलाई जस्तै मलाई पनि ठूलो पीडा दिएको छ। त्यसैगरी अन्य बिपत्ति, महामारी आदिमा कैयौँ नेपालीको अकालमै ज्यान गएको छ। त्यसैले सबै दिवङ्गत आत्माहरूको मुक्ति, शान्ति र सद्गतिको कामनास्वरुप यही विराट महायज्ञमै विशेष पितृमुक्ति अनुष्ठानको सङ्कल्प गरेका हौँ।' 

सामूहिक रूपमा गरिने यस विशेष अनुष्ठानमा दिवङ्गत पितृहरूका आफन्त कर्ताका रूपमा आफैँ सहभागी भएर कर्म गर्ने तथा उक्त कार्यका लागि पितृहरूको नाम, गोत्र, तस्बिर आदि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको सो विराट महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए। 

यही मङ्सिर १ गतेदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा विराट महायज्ञ सुरु हुनुअघि पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै त्यहाँ आइपुगेको थियो। 

सो विराट महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर नेपालमा वैदिक विश्वविद्यालय स्थापनाका साथै हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण गर्न, नेपालका तीर्थस्थलको प्रचार गरी नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न आयोजना गरिएको मुक्तिनाथ बाबाले जानकारी दिए।

उनले यी महत्वपूर्ण धार्मिक अनुष्ठानहरूमा प्रत्यक्ष सहभागी भएर पुण्य आर्जन गर्न पनि समस्त वैदिक सनातन धर्मावलम्बीहरूलाई आग्रह गरेका छन्। रासस
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस