विनोद कुकवेयर ईन्डियाका लागि पूर्णिमा श्रेष्ठ ब्रान्ड एन्डोर्सरमा नियुक्त
०१ साउन २०८२
•
३ मिनेट पाठ
विनोद कुकवेयर ईन्डियाका लागि पूर्णिमा श्रेष्ठ ब्रान्ड एन्डोर्सरमा नियुक्त
दक्षिण एशियाको ६० वर्षभन्दा लामो इतिहास बोकेको एक अग्रणी किचन वेयर ब्रान्ड ‘विनोद कुकवेयर ईन्डिया’ ले नेपालमा आफ्नो उत्पादनको प्रवद्र्धनका लागि नेपालको “आइरन लेडी“ भनेर चिनिने सुप्रसिद्ध पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई ब्रान्ड एन्डोर्सर रूपमा नियुक्त गरेको छ । 




नेपालमा विनोद कुकवेयर ईन्डियाका उत्पादनहरू आधिकारिक वितरण भाटभटेनीसँगको सहकार्यमा इन्टरनेशनल डिस्ट्रिब्युटर्स प्रा.लि.(आईडीपिएल नेपाल) मार्फत उपलब्ध छन्, जसले नेपालभर प्रभावकारी खुद्रा र वितरण सञ्जालमार्फत बजार विस्तार र ब्रान्ड उपस्थिति सुदृढ गर्दै आएको रमेश श्रेष्ठ बताउछन् । 

विनोद कुकवेयर ईन्डिया गुणस्तर, दिगोपन र स्वस्थ जीवनशैलीप्रति गहिरो प्रतिबद्धता राख्ने ब्रान्ड हो । “स्यान्डविच बटम (SAS)“ तथा ट्राईप्लाई (तीन लेयर) प्रविधिको अग्रणीका रूपमा परिचित यस ब्रान्डले स्टेनलेस स्टिल, ट्राइप्लाई, हार्ड एनोडाइज्ड, कास्ट आइरन देखि प्रेशर कुकिङसम्मका भरपर्दा उत्पादनहरू प्रस्तुत गर्दै आएको छ । फिचर र फिनिशमा ध्यान दिँदै, ब्रान्डले सन्तुलित मूल्य र गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ— जसले एशियादेखि मध्यपूर्व, क्यानडा, अमेरिका युरोपसम्म लाखौं उपभोक्ताको विश्वास जितेको छ । 

यसै विस्तृत उत्पादन दायरामध्ये, विनोद कुकवेयर ईन्डियाको कास्ट आइरन रेन्ज पनि लोकप्रिय छ, दुई पटक प्री–सीजन गरिएको, रासायनिक कोटिंग रहित र प्राकृतिक नन–स्टिक सतहसहितको टिकाउ संरचनाले यसलाई नियमित भान्साको लागि भरपर्दो बनाएको छ । 

पूर्णिमा श्रेष्ठसँगको सहकार्यले ब्रान्डको पहिचान र भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउनेछ । २०२४ को मे महिनामा उनले १३ दिनभित्र तीन पटक सगरमाथा चढ्दै गीनिज बुक अफ वल्र्ड रेकर्ड (Guinness Book of world record) मा नाम लेखाएर विश्व कीर्तिमान कायम गरेकी थिइन् । उनले अहिलेसम्म ५ पटक सगरमाथा र ८ वटा ८,००० मिटरभन्दा अग्ला शिखरहरू सफलतापूर्वक आरोहण गरिसकेकी छिन्। उनको दृढता, अनुशासन र आत्मविश्वास चुलो चौकाबाट माथि उठी पेशामा लागेर आत्मनिर्भर भएका नारीकोप्रतिनिधित्व गर्दछ । यो सहकार्यमार्फत विनोद कुकवेयर ईन्डियाले नेपाली उपभोक्ताहरूलाई गुणस्तरीय, सुरक्षित र स्वास्थ्यवर्द्धक किचेनवेयर प्रदान गर्ने लक्ष्य लिएको छ । साथै उपभोक्ताले विनोद कुकवेयर खरिदको लागि गर्नुभएको खर्च भन्दा धेरै सन्तुष्टि प्राप्त गनुहुनेछ । 

विनोद कुकवेयर ईन्डियाको बारेमा

विनोद कुकवेयर ईन्डिया सन्१९६२ मा स्थापना भएको भारतको परम्परागत भान्साजन्य सामग्री उत्पादन गर्ने प्रतिष्ठित ब्रान्ड हो, जसले स्टेनलेस स्टिल, ट्राइप्लाई, हार्ड एनोडाइज्ड, कास्ट आइरन र प्रेशर कुकिङ प्रविधिमा आधारित उच्च प्रदर्शन गर्ने उत्पादनहरू प्रस्तुत गर्दै आएको छ। विनोद कुकवेयर ईन्डिया प्रा. लिमिटेडका दुई ब्रान्डहरू “विनोद कुकवेयर“ र “क्राफ्ट“ छन्। ब्रान्ड विशेष गरी स्टेनलेस स्टिल कुकवेयर र टेबलवेयर उत्पादनमा केन्द्रित छ, जसले उत्कृष्ट गुणस्तर, कार्यशीलता र स्मार्ट डिजाइनमा जोड दिन्छ। 

विनोद कुकवेयर ईन्डियाले अत्याधुनिक प्रविधियुक्त ठूलो कारखानामार्फत उत्पादन क्षमतामा उल्लेखनीय विस्तार गरेको छ, जसले नवप्रवर्तन र विश्वासप्रति यसको प्रतिबद्धता प्रमाणित गर्छ। सुरुमा एक ट्रेडिङ कम्पनीका रूपमा स्थापना भई सन् १९८४ देखि उत्पादन व्यवसायमा लाग्दै आएको विनोद कुकवेयर ईन्डियाले परम्परागत सीप र आधुनिक प्रविधिको संयोजनमार्फत उपभोक्तालाई अझ स्वास्थ्यप्रद र अर्थपूर्ण खाना पकाउने अनुभव प्रदान गर्दै आएको छ। एशिया, युरोप र मध्यपूर्वसम्म उपस्थिति विस्तार गरिसकेको यो ब्रान्डले गुणस्तर, नवप्रवर्तन र वास्तविक मूल्य प्रदान गर्ने प्रतिबद्धता कायम राखेको छ ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस