रौतहट प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित एक जनालाई पक्राउ गरेका छन् ।
सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ३ स्थित प्रहरीले स्थानीय ४४ वर्षिय राकेश कलवारलाई स्रोत खुल्न नसकेको रकमसहित पक्राउ गरेको हो ।
गौर भन्सार हुँदै बीपी चोकतर्फ बिआर३०यु ७२४७ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा प्रहरी गस्तीटोलीले सुरक्षा जाँच गर्ने क्रममा उक्त रकम भेटिएको हो । मोटरसाइकलको लेगार्डमा प्लास्टिकको झोलाभित्र लुकाइछिपाइ राखिएको ४ लाख ९९ हजार रुपैयाँसहित कलबारलाइ नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले बताए ।
स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित सुनसरी भोक्राहा नरसिंहबाट एकजना युवा पक्राउ परेका छन्।
बुधबार कोशी गाउँपालिका वडा नं ३ का वीरेन्द्रकुमार राउतलाई २१ लाख ५७ हजार नौ सय ३५ रुपैयाँसहित भोक्राहा नरसिंह ६ फुलचोकबाट सशस्त्र प्रहरी नेपाल नं १ वाहिनी पकली सुनसरीको टोलीले पक्राउ गरेको हो।
राउत प्रदेश १(०२(०५३ प १९५६ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको अवस्थामा चेकजाँच गर्दा सो रकम फेला परेको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितद्वारा सूचनामा उल्लेख छ। बरामद गरिएको रकम र राउतलाई छानबिन तथा कारबाही गर्न राजस्व अनुसन्धान कार्यालय इटहरीलाई जिम्मा लगाइएको छ।
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...