तस्करीको ‘ट्रान्जिट’ बन्दै मधेशका नाका: फर्सीको बीउदेखि प्रहरीको साखसम्म संकटमा
११ असार २०८३
•
४ मिनेट पाठ
तस्करीको ‘ट्रान्जिट’ बन्दै मधेशका नाका: फर्सीको बीउदेखि प्रहरीको साखसम्म संकटमा
सशस्त्र प्रहरीले सर्लाहीको सीमावर्ती क्षेत्रबाट बुधबार राति करिब एक करोड ९ लाख रुपैयाँ बराबरको अवैध फर्सीको बीउ र पाँचवटा सवारी साधन नियन्त्रणमा लिएको छ।




नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा सो परिमाणको बीउ नियन्त्रणमा लिइएको हो। सर्लाहीको बलरा नगरपालिका–२ स्थित हथियौल–छनकी नाका हुँदै अवैध रूपमा सीमावर्ती भारततर्फ निकासी गर्न लागिएको अवस्थामा २४९ बोरा फर्सीको बीउ नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

बीउसँगै चारवटा भारतीय नम्बर प्लेटका पिकअप भ्यान र एउटा नेपाली नम्बरको ट्रक नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी बल नेपाल नं-२ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबासका बाहिनीपति डिआइजी विष्णु प्रसाद भट्टको निर्देशनमा सशस्त्र प्रहरी बल मलङ्गवा गुल्मका गुल्मपती डिएसपि विष्णु अधिकारी तथा फेनहारा गुल्मका डिएसपि विष्णुदत खवस्थीको कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त सामग्री नियन्त्रणमा लिएको हो। 

तस्करहरूले नेपाली ट्रकमार्फत सीमा क्षेत्रसम्म ल्याएको बीउ भारतीय गाडीमा लोड गर्दै गर्दा प्रहरी टोली पुगेपछि उनीहरू सवारीसाधन र बीउ छाडेर फरार भएका थिए।

प्रहरीले बिआर–०६ सिइ ९६२९, बिआर–०६ सिएच ११२१, बिआर–०६ सिसी ९४७१, बिआर–३० सिबी २७७२ नम्बरका भारतीय पिकअप तथा मधेस प्रदेश–०३–००२ ख ०३०६ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। बरामद सामान र सवारीसाधनको कुल भन्सार मूल्य १ करोड ९ लाख ८० हजार रुपैयाँ कायम गरी मलङ्गवा भन्सार कार्यालयमा बुझाइएको डिआइजी भट्टले जानकारी दिए।

पछिल्लो समय नेपाल–भारत खुला सीमानाका प्रयोग गरी फर्सीको बीउको अवैध ओसारपसार निकै बढेको छ। यसअघि गत जेठ २७ गते रौतहट प्रहरीले सीमा क्षेत्रको बङ्कुलबाट करिब ९० लाख १६ हजार मूल्य बराबरको फर्सीको बीउ नियन्त्रणमा लिएको थियो।

यस्तै, असार ४ गते सर्लाहीको मलङ्गवा–२ स्थित एक गोदामबाट १५ लाखको बीउ, असार ८ गते बारा प्रहरीले सिम्रौनगढ नाकाबाट महोत्तरीतर्फ जाँदै गरेको ३१४ बोरा बीउ र जेठ १८ गते सिरहा प्रहरीले बरियारपटीबाट ७० बोरा फर्सीको बीउ बरामद गरेको थियो।

प्रहरीमाथि तस्करी नियन्त्रणमा आफ्नो उपलब्धि देखाउन बरामद सामानको अस्वाभाविक बजार मूल्य कायम गर्ने गरेको आरोप लागेको छ। स्थानीय व्यापारीहरूका अनुसार बजारमा प्रतिकिलो २४० रुपैयाँ हाराहारी पर्ने फर्सीको बीउलाई प्रहरीले झण्डै ७०० रुपैयाँ प्रतिकिलो मूल्याङ्कन गरेर प्रचार गर्ने गरेको छ।

रौतहटको बङ्कुल क्षेत्रबाट बरामद गरिएको १२ हजार ८ सय ८० किलोग्राम बीउको वास्तविक बजार मूल्य करिब २५ लाख पर्ने भए पनि प्रहरीले ९० लाख १६ हजार रुपैयाँ कायम गरी गौर भन्सार बुझाएको भन्दै व्यापारीहरूले असन्तुष्टि जनाएका छन्।

यसबारे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजालले सिरहा प्रहरीको नजिर र गुगल रेट एनालिसिसलाई आधार मानेर मूल्य कायम गरिएको दाबी गरे।

गौर भन्सार प्रमुख विकासकुमार रजकले पनि प्रहरीकै मूल्याङ्कनका आधारमा सामान दाखिला गरिएको बताए।

यस्तै, सर्लाहीको मलङ्गवामा बरामद ६ लाख मूल्यको ७५ बोरा बीउलाई सुरक्षाकर्मीले १५ लाख रुपैयाँ कायम गरेको दाबी मलङ्गवा नगरपालिका–१ का वडाध्यक्ष नवलकिशोर रायले गरेका छन्।

उनले वैध सामानलाई समेत बल प्रयोग गरी जफत गरिएको आरोप लगाए। सिरहा प्रहरीले पनि बरियारपटीबाट समातेको ७० बोरा बीउको मूल्य १९ लाख कायम गरी भन्सार बुझाएको थियो।

यसैबिच, सीमा क्षेत्रमा मौलाएको तस्करी र आन्तरिक समन्वयको अभावका कारण मधेश प्रदेश प्रहरीभित्रको संगठनात्मक अनुशासन कमजोर बनेको चर्चा सुरु भएको छ।

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाको कार्यकालमा वरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादवको नाम जोडिएर आरोपहरू बाहिरिएका थिए।

विशेष गरी जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन वरिष्ठ सई सागर राणा र स्थानीय व्यापारी राजिव महासेठबिच भएको भनिएको फोन अडियो सार्वजनिक भएसँगै प्रहरीको उच्च तह र घुमुवा प्रहरीको मिलेमतोमा तस्करी हुने गरेको तथ्य छताछुल्ल भएको थियो।

यस घटनापछि छानबिन गर्नुको साटो वरिष्ठ सई राणालाई निलम्बन गर्न सिफारिस गरिएको थियो। पछि प्रहरी प्रधान कार्यालयले एआईजी उमा प्रसाद चतुर्वेदीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरे पनि हालसम्म उक्त समितिको प्रतिवेदन सार्वजनिक भएको छैन।

यसैबिच, डिआइजी थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रमुख एसपी रुगमबहादुर कुँवरबिच युनिट इन्चार्जहरू तान्ने विषयमा मनमुटाव भएको थियो।

दबाब सहन नसकी एसपी कुँवर लामो समय बिदामा बसेका थिए र हाल उनको सरुवा भइसकेको छ। जेठ पहिलो साता डिआइजी थपलियाले रौतहटका एसपी सीताराम रिजाल र बाराका एसपी नरेन्द्र कुँवरसँग पनि स्पष्टीकरण सोधेका थिए।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ‘चेन अफ कमाण्ड’ उल्लंघन गरेको आरोपमा तीनजना प्रहरी निरीक्षकसहित ३२२ जना प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका थिए।

यस्तै, चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म पाँचजना एसपीसहित २६८ जना प्रहरी कर्मचारी कारबाहीमा परिसकेका छन्।

प्रहरीका पूर्व डिआइजी पीताम्बर अधिकारी कमाण्डरहरूले सूचना संकलन र अपराध नियन्त्रणमा खटाउनुपर्ने घुमुवा प्रहरीलाई आर्थिक असुलीमा प्रयोग गर्दा प्रहरीको छवि खस्किएको तर्क गर्छन्।

तत्कालीन डिआइजी थपलियाले भने आफूलाई नियोजित रूपमा बदनाम गराउन खोजिएको दाबी गर्दै आएका छन्।
अर्को समाचार
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
१० घण्टा अघि
•
१ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
डोटीमा घरायसी विवादका क्रममा छोराले प्रहार गरेको दाउरा लागेर बुबाको मृत्यु भएको छ ।




मृत्यु हुनेमा बोगटान फुड्सिल-६ गगुडाका ५० वर्षीय रणबहादुर चन्द रहेको प्रहरीले जनाएको छ ।

२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले छोराले घरायसी विवादमा बुवाको हत्या गरेको बताए ।

उनकाअनुसार शुक्रबार बिहान ११ बजे घरायसी विवादका क्रममा दाउरा प्रहारबाट गम्भीर घाइते भएका रणबहादुरलाई उपचारका लागि दिपायलस्थित सुजङ अस्पताल पुगाइएको थियो ।

सुजङ अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि डडेलधुरा लैजाने क्रममा शुक्रबार साँझ करिब ५:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको डडेलधुरा अस्पतालमा पोस्टमार्टम गरिएपछि शव परिवारले बुझिसकेको छ । घटनामा संलग्न आरोपित छोरा विकासबहादुरलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस