नेपाल बैंकबाट २० अर्ब रुपैयाँ गायब, खोजी गरिदिन शेयरधनीको हारगुहार
२६ जेष्ठ २०८२
•
२ मिनेट पाठ
नेपाल बैंकबाट २० अर्ब रुपैयाँ गायब, खोजी गरिदिन शेयरधनीको हारगुहार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौने दुई अर्ब रुपैयाँको व्यावसायिक ऋण स्वीकृत गराउन भारतीय नागरिकलाई बिचौलियाका रूपमा प्रयोग गरेको भन्दै अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्धा दायर भएको बेला २० अर्ब हराएको भन्दै अर्को उजुरी परेको छ । 




नेपाल बैंक लिमिटेडविरुद्ध महालेखापरीक्षकको कार्यालयमा सो रकम खोजीका लागि उजुरी परेको हो । सोमबार मात्रै १९ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ  । तर महालेखा परीक्षकको कार्यालयमा बैंकका अध्यक्ष विरुद्ध २० अर्ब ४० करोड हराएको भन्दै खोजबिनका लागि उजुरी परेको थियो । सो उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।  

कुन शीर्षकमा सो रकम भेटिएन कहाँ गयो भन्ने केही जनाकारी छैन । यद्यपि बैंकबाट हराएको २० अर्ब ४० करोड १५ लाख बढी रकम खोजी गर्न माग गर्दै बैंकका शेयरधनी अंगराज भारतीले महालेखापरीक्षकको कार्यालयमा उजुरी गरेपछि सबैको चासो बढेको छ ।  ‘बैंकबाट साना तथा मझौला उद्योग कर्जा शिर्षकमा २०७४ चैत्र र २०७५ असारमा स्वीकृत कर्जाको रकम बैंकको सिस्टमबाट हराएको भन्दै हराएको रकम खोजी, दोषिलाई कारवाही गर्न माग गरिएको छ । 

‘बैंकहरुले उत्पादनशिल क्षेत्रमा के कति कर्जा प्रवाह गरेका छन् भनि अध्ययन गर्ने क्रममा नेपाल बैंकले उपलब्ध गराएका आर्थिक विवरणहरु अध्ययन गर्ने क्रममा बैंकले करीब २० अर्व ४० करोड १५ लाख कर्जा रकम गलत ऋणी देखाएर अपचलन गरेको देखियो’, उजुरीमा भनिएको छ, ‘सो विषयमा के भएको हो रु विस्तृत अध्ययन गरी अपचलन गर्ने जो कोहीलाई पनि आवश्यक कारवाहि गर्न हार्दिक अनुरोध गर्दछु ।’

बैंकको २०७४ फागुन महिनामा साना तथा मझौला उद्योग तर्फ कर्जा सीमा रु ३३ अर्व २७ करोड ८३ लाख कर्जा देखिन्छ । सोहि समयमा बैंकको वास्तविक कर्जा रु ३१ अर्व ४८ करोड ५६ लाख देखिन्छ । फागुनदेखि चैत्र महिनामा आई पुग्दा सोहि शिर्षकमा कर्जा सीमा रु २२ अर्व ४५ करोड ७९ लाख देखिन्छ भने वास्तविक कर्जा रु २१ अर्व ५ करोड ३२ लाख मात्र देखिन्छ । नेपाल राष्ट्र बैंकले नेपाल बैंकको २०७४ फागुनमा कुल वास्तविक कर्जा रु ७९ अर्व १९ करोड ४ लाख र चैत्त महिनामा रु ७९ अर्व ७० करोड ५९ लाख कर्जा प्रकाशित गरेको छ । 

नेपाल राष्ट्र बैंक अनुसार फागुनदेखि चैत्रमा नेपाल बैंकको जम्मा रु ५१ करोड ५४ लाखले मात्र कर्जा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले रु ५१ करोड ५४ लाखले कर्जा बढेको देखाएको अवस्थामा नेपाल बैंकको फागुनदेखि चैत्र महिनाको साना तथा मझौला उद्योगमा वास्तविक कर्जा रु १० अर्व ४३ करोड २३ लाख कर्जा घटेको देखिन्छ । समग्रमा जम्मा ५१ करोड ५४ लाखले कर्जा बढेकोमा समग्र भित्रको कुनै एउटा शिर्षकमा ठूलो रकम घट्नुलाई भारतीले बैंकका तत्कालिन संचालक समिति, प्रमुख कार्यकारी अधिकृत र व्यापारीको मिलेमत्तो रकम अपचलन गरेको अर्थ लगाएका छन् ।

त्यस्तै, २०७५ जेठको तुलनामा असारमा पनि त्यसैगरी रु ९ अर्व ९६ करोड ९१ लाख गायव भएको उनको आरोप छ । दुई वटै आर्थिक बर्षमा हराएको रकम जोड्दा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ हराएको बताउँदै भारतीले उजुरी गरेका हुन् ।
अर्को समाचार
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
९ घण्टा अघि
•
१ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
डोटीमा घरायसी विवादका क्रममा छोराले प्रहार गरेको दाउरा लागेर बुबाको मृत्यु भएको छ ।




मृत्यु हुनेमा बोगटान फुड्सिल-६ गगुडाका ५० वर्षीय रणबहादुर चन्द रहेको प्रहरीले जनाएको छ ।

२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले छोराले घरायसी विवादमा बुवाको हत्या गरेको बताए ।

उनकाअनुसार शुक्रबार बिहान ११ बजे घरायसी विवादका क्रममा दाउरा प्रहारबाट गम्भीर घाइते भएका रणबहादुरलाई उपचारका लागि दिपायलस्थित सुजङ अस्पताल पुगाइएको थियो ।

सुजङ अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि डडेलधुरा लैजाने क्रममा शुक्रबार साँझ करिब ५:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको डडेलधुरा अस्पतालमा पोस्टमार्टम गरिएपछि शव परिवारले बुझिसकेको छ । घटनामा संलग्न आरोपित छोरा विकासबहादुरलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस