मकुना मृत्यु प्रकरणः वन मन्त्रालयका सह–सचिवको नेतृत्वमा छानविन समिति
२४ माघ २०८१
•
२ मिनेट पाठ
मकुना मृत्यु प्रकरणः वन मन्त्रालयका सह–सचिवको नेतृत्वमा छानविन समिति
चितवन राष्ट्रिय निकुञ्जमा आर्मीको गोली लागेर मुत्यु भएको भनिएको मकुना हात्तीको विषयमा छानविन गर्न समिति बनेको छ ।




वन मन्त्रालयले सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्य छानविन समिति बनाइएको हो । समितिमा वन विभाग, राष्ट्रिय निकुञ्ज विभाग, राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिने गणका एक एक जना प्रतिनिधि र एक जना चितवनका पशु चिकित्सक रहेको समिति बनेको निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए । छानविन समितिले मकुना मार्नुको कारण र मानव वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनिकरण तथा सावधानीका विषयमा सुझाव पेस गर्नेछ ।  

बुधबार कुमरोज सामुदायिक वनको लामिताल इलाकामा आर्मीले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ ।  

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको निकुञ्जका सूचना अधिकारी अभिनाश थापामगरले जानकारी दिए ।

’बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात फेला पारी घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड ’वार्निङ’ (चेतावनी) स्वरुप हवाइ फायर गरिएको थियो,’ सूचना अधिकारी थापामगरले भने।  उनका अनुसार मकुनालाई धपाउनका लागि ६ राउण्ड गोली फायर भएको छ ।  

’आत्मरक्षाका लागि टोलीले २ राउन्ड ’वार्निङ’ हवाई फायर गरेका थिए। त्यसपछि पनि मकुना थप आक्रामक बन्दै सानो हात्ती खगेन्द्रप्रसाद तर्फ आउँदा त्यहाँ सवार रेजर श्याम तामाङ भुइँमा खसेकाले उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि स्वीप टोलीले मकुनालाई ३ राउन्ड गोली प्रहार गर्दा केही पर गएर फर्किएर आक्रमण गर्न थालेपछि अर्को एक राउन्ड गोली प्रहार गरेको थियो,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गोली लागेपछि भागेको मकुनाको खोजी गर्दै जाँदा करिब १ किलोमिटर पर ढलेको अवस्थामा भेटिएको उनले बताए ।

तत्कालै उठाउन प्रयास गर्दा नउठेपछि दिउँसो साढे ३ बजेतिर पशु चिकित्सक सहितको प्राविधिक टोलीले मकुनालाई मृत घोषणा गरेको उनले बताए। घटनास्थलमा मृत हात्तीको पोस्टमार्टम गर्दा घाँटीको दाहिनेतर्फ एउटा गोली लागेको भेटिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

मकुना मंसिर महिनादेखि सौराहा क्षेत्रमा थियो। त्यसलाई धपाउनका चितवन राष्ट्रिय निकुञ्जले दैनिक ५–६ वटा हात्ती सहितको सुरक्षाकर्मीको टोली परिचालन गरेको थियो। मकुना चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा गत वर्ष पहिलो पटक आएको थियो ।
अर्को समाचार
सुनसरी र झापामा एकै दिन दुई हात्ती मारिए
०२ असार २०८२
•
२ मिनेट पाठ
सुनसरी र झापामा एकै दिन दुई हात्ती मारिए
बराहक्षेत्रमा मारिएको अवस्थामा भेटिएको जंगली हात्ती । तस्बिर : अमर खड्का\नागरिक
सुनसरी र झापामा एकै दिन दुई हात्ती मारिएको अवस्थामा भेटिएका छन् ।  




सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं २ को कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा झण्डै सात वर्ष उमेरको भाले हात्ती मारिएको अवस्थामा भेटिएको जिल्ला वन कार्यालयले जनायो । हात्तीलाई करेन्ट लगाएर मारिएको जिल्ला वन कार्यालय सुनसरीका प्रमुख खुद्रुस मियाँले बताए । ‘हात्ती चाँही राति नै मारिएजस्तो छ । हामीलाई खबर आज बिहान मात्र आएको हो,’ उनले भने, ‘अहिलेको प्रारम्भिक अनुसन्धानमा करेन्ट लगाएरै मारेको निष्कर्ष  छ । अरु कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्छ ।’

कोशी टप्पु वन्य जन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्र यादवले हात्तीलाई करेन्ट लगाएरै मारेको भन्ने सूचना प्राप्त भएको बताए ।  

झापाको मेचीनगर वडा नं. १ गणेश टोलस्थित रहेको मकैबारीमा पनि अर्को जंगली हात्ती मारिएको अवस्थामा फेला परेको छ । पोथी हात्ती मारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले नागरिकलाई बताए ।

कोशी प्रदेशका विभिन्न स्थानमा हात्ती मार्ने क्रम बढेसँगै २०८० पुस दोस्रो साता मोरङको सुन्दरहरैंचा वडा नं. १० स्थित जनजागरण सामुदायिक वनमा करिव १२ वर्षको जंगली हात्ती मारिएको अवस्थामा भेटिएको थियो । गोली हानेरै मारेको अवस्थामा जंगली हात्ती भेटिएको थियो ।  

एकपछि अर्को घटनामा हात्ती मार्ने क्रम बढीरहँदा केही वर्षअघि सप्तरीमा झन्डै २२ वर्षको जवान भाले दाह्रे हात्ती स्थानीय गाउँलेले बाली जोगाउन लगाएको बिजुलीको करेन्ट लागेर मृत्यु भएको थियो । त्यसअघि बिजुलीको तारले जेलिएर सप्तरी कञ्चनरुप नगरपालिका क्षेत्रमा अर्को जंगली हातीको मृत्यु भएको थियो ।

नेपालमा कुल २२७ वटा हात्ती रहेका छन् । यस्तै, ६० वटा हात्ती विचरणका लागि भारतबाट झापा क्षेत्रमा आउने गरेका छन् । खास गरेर बेलाबखत हात्ती र मानवबिचको द्वन्द्वले हात्ती मारिने गरेका छन् । तर, कतिपय स्थानमा भने मानिसले नियतवस हात्ती मार्ने गरेको हात्तीको विषयमा विद्यावारिधी गरेका डाक्टर अशोक रामले बताए । बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत उनले आफ्नो बाटोमा हिडीरहेका बेला मानिसले नियतवस हात्ती मार्ने क्रम पछिल्लो समय बढेको बताए ।  

पछिल्लो तीन वर्षयता मात्र कोशी प्रदेशसहित देशभर १५ वटा हात्ती मरेका छन् । यही ढंगले हात्ती मारिने क्रम बढ्दा दुःखद स्थिती सिर्जना हुने बताए । अब दिनदिनै हात्ती जोगाउने कार्य चुनौतीपूर्ण भएकाले गर्दा सरकारले सचेतनाका कार्यक्रम सञ्चालन गर्र्नुपर्नेमा डाक्टर रामले बताए ।  
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस