भारतमा स्टारलिङ्क : एयरटेलसँग मिलेर अब गाउँगाउँमा तिव्रगतिको इन्टरनेट पुर्‍याउने
२७ फागुन २०८१
•
१ मिनेट पाठ
भारतमा स्टारलिङ्क : एयरटेलसँग मिलेर अब गाउँगाउँमा तिव्रगतिको इन्टरनेट पुर्‍याउने
अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्स र भारतीय दूरसञ्चार कम्पनी एयरटेलबीच भारतमा स्टारलिङ्कको तिव्रगतिको इन्टरनेट सेवा सुरु गर्न ऐतिहासिक सम्झौता भएको छ।




एयरटेलले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्पेसएक्ससँगको यो सम्झौताले भारतमा हाम्रा ग्राहकहरूलाई स्टारलिङ्कको तिव्रगतिको इन्टरनेट सेवा उपलब्ध गराउने छ।’ यो भारतमा स्टारलिङ्कसँग भएको पहिलो यस्तो सम्झौता हो। यद्यपि, यो कार्यान्वयनमा आउन स्पेसएक्सले भारत सरकारबाट स्वीकृति प्राप्त गर्नुपर्नेछ।

यो सम्झौताको मुख्य उद्देश्य स्टारलिङ्कको उपग्रह प्रविधिलाई एयरटेलको विद्यमान नेटवर्कसँग जोडेर भारतका दुर्गम र ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँच विस्तार गर्नु रहेकाे छ। एयरटेलले भनेको छ, ‘हामी स्पेसएक्ससँग मिलेर स्टारलिङ्कको प्रविधिबाट हाम्रा सेवाहरू कसरी सुधार गर्न सकिन्छ भनेर अनुसन्धान गर्नेछौं।’

यो सहकार्यले विशेष गरी ग्रामीण क्षेत्रका विद्यालय, स्वास्थ्य केन्द्र र दुर्गम समुदायहरूलाई तिव्रगतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। एयरटेलको भारतीय बजारमा व्यापक अनुभवले स्पेसएक्सलाई आफ्ना सेवाहरू प्रभावकारी रूपमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमणमा रहँदा मस्कलाई भेटेका थिए। सो भेटमा दुईबीच विभिन्न क्षेत्रमा सहकार्य गर्नेबारे चर्चा भएको थियो। त्यसपछि अहिले यो घोषणा भएको हो।  

अर्को समाचार
ट्रम्पलाई टक्कर दिन मस्कले खोले ‘अमेरिका पार्टी’
२२ असार २०८२
•
४ मिनेट पाठ
ट्रम्पलाई टक्कर दिन मस्कले खोले ‘अमेरिका पार्टी’
अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन्। उनले नयाँ दललाई ‘अमेरिका पार्टी’ नाम दिएका छन्। मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन्।




उनले लेखेका छन्, ‘आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईंले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस्।’ उनले यस सम्बन्धमा एक्समा सार्वजनिक सर्वेक्षण पनि गरेका थिए।

मस्कले आफ्नो सन्देशमा भने, ‘तपाईंहरूमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुहुन्छ, अब तपाईंले त्यो पाउनुहुनेछ। अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचार गर्ने सन्दर्भमा अमेरिकाका दुवै (रिपब्लिकन र डेमोक्र्याटिक) दल समान छन्।’

मस्कले चार जुलाईमा अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा एक्समा एउटा मत सर्वेक्षण राखेका थिए। त्यसमा उनले सोधेका थिए, ‘के तपाईं दुई–दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छरु के हामीले अमेरिकामा नयाँ पार्टी बनाउनुपर्छरु’ सर्वेक्षणको नतिजामा, ६५.४ प्रतिशतले ‘हो’ र ३४.६ प्रतिशतले ‘होइन’ मत दिएका थिए।

मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ‘बिग ब्युटिफुल बिल’ लाई लिएर चर्को बहस भएको थियो। त्यसपछि मस्कले आफूलाई ट्रम्प प्रशासनबाट बिदा भएका थिए। जवाफमा ट्रम्पले भने, ‘जब हामीले विद्युतीय सवारी साधनको अनिवार्य खरिदको अनुदान काट्ने बारेमा कुरा गर्यौं तब मस्कलाई समस्या हुन थाल्यो। म एलनसँग धेरै निराश छु। मैले उनलाई धेरै मद्दत गरेको छु।’

त्यसपछि मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई कृतघ्न भन्दै धेरै सन्देश लेखेका थिए। मस्कले भने, ‘यदि म नभएको भए, ट्रम्पले चुनाव हार्थे।’ उनले ट्रम्पलाई महाभियोग लगाउनेसम्मका कुरा समेत गरेका थिए। वास्तवमा मस्क ट्रम्पको यो विधेयकले अमेरिकामा लाखौं रोजगारी समाप्त गर्नुका साथै अमेरिकालाई ठूलो रणनीतिक क्षति पुग्ने विश्वास गर्छन। दुवै सदनबाट पारित भएर ट्रम्पले हस्ताक्षर गरेपछि ‘बिग ब्युटिफुल बिल’ कानुन बनेको छ।

१३ जुलाई, २०२४ मा पेन्सिलभेनियाको बटलरमा एक चुनावी सभामा डोनाल्ड ट्रम्पलाई गोली लागेको थियो। त्यस घटनामा गोलीको छर्रा ट्रम्पको दाहिने कानमा लाग्यो। यसपछि मस्कले एक्समा राष्ट्रपति चुनावमा ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका थिए। मस्क सम्पूर्ण चुनावी अभियानमा ट्रम्पको लागि पूर्ण रुपमा खटिएका थिए। ट्रम्पलाई राष्ट्रपति बनाउन मस्कले ठूलो धनराशी खर्च पनि गरेका छन्। ट्रम्पले चुनाव जित्ने बित्तिकै अमेरिकी राजनीतिमा मस्कको कद ह्वात्तै बढ्यो।

कतिपयले उनलाई ‘सुपर प्रेसिडेन्ट’ पनि भन्थे। मस्क र विवेक रामास्वामीलाई सरकारी दक्षता विभागको प्रमुख बनाइयो। तर जनवरी २० मा ट्रम्पको शपथ ग्रहणको केही घण्टापछि रामास्वामीले विभाग छोडे। यस विभागको उद्देश्य सरकारी खर्च कटौती गर्नु थियो।

रामास्वामीले राजीनामा दिएपछि मस्क विभागको प्रमुख बने। उनले सरकारी खर्च कटौती गर्ने नाममा ठूलो मात्रामा सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने मात्रै नभएर अमेरिकाले अन्य देशमा पठाउने खर्च पनि बन्द गरे। विशेष गरी कर्मचारी हटाउने कुरालाई लिएर मस्कले अमेरिकाभर विरोधको सामना गर्नुपरेको थियो। तर ट्रम्प सधैं मस्कको समर्थनमा उभिए।

आठ मार्चमा ट्रम्प उपस्थित भएको मन्त्रिपरिषद् बैठकमा मस्क र विदेशमन्त्री मार्क रुबियोले कर्मचारी कटौतीको विषयमा बहस गरेको समाचार बाहिर आएको थियो। मस्कले रुबियोलाई कर्मचारी कटौती गर्न असमर्थ भएको आरोप लगाए।

दुवैले त्यो अस्वीकार गरे। जब दुईबिचको बहस तीव्र भयो, ट्रम्पले रुबियोको बचाउ गर्दै भने, ‘उनले राम्रो काम गरिरहेका छन्।’ यो पहिलो पटक थियो जब मस्क र कुनै ठूला नेताबिच विवाद भयो, जहाँ ट्रम्पले उनलाई समर्थन गरेनन्। यद्यपि ट्रम्प र मस्क एकसाथ काम भने गरिरहेका थिए।

ट्रम्प र मस्कले सँगै काम गर्न जारी राखे पनि समय बित्दै जाँदा ट्रम्प सरकारसँग मस्कको सम्बन्ध पनि बिग्रँदै गयो। केही महिना अघि जब मस्कको विरोधमा धेरै देशहरूमा टेस्लाका गाडीहरू जलाइए, ट्रम्पले टेस्ला किनेर मस्कलाई समर्थन गरेका थिए।

तर सबैभन्दा ठूलो विवाद २७ मेमा तब सुरु भयो जब मस्कले ट्रम्प सरकारको ‘बिग ब्युटिफुल बिल’ को खुलेर विरोध गरे। केही घण्टापछि उनले सरकारी दक्षता विभागबाट राजीनामा पनि दिए।

ट्रम्पले ३१ मेमा राष्ट्रपति कार्यालयमा मस्कसँग पत्रकार सम्मेलन गरे। त्यस क्रममा उनले मस्कलाई एक असल साथीको रूपमा वर्णन गरेका थिए। त्यसपछि ट्रम्पले भने, ‘हामी तपाईंलाई सम्झनेछौं।’ ट्रम्पले मस्कलाई सुनको साँचो पनि उपहार दिँदै भने, ‘यो देशको तर्फबाट धन्यवादको रूपमा दिइँदैछ।’

त्यसपछि, मस्कले तीन जुनमा मंगलबार फेरि एक पटक बिलको आलोचना गरे। मस्कले यो विधेयकले सरकारको घाटा बढाउँछ भन्ने तर्क गर्दै आएका छन्। उनले एक्समा लेखे, ‘मलाई माफ गर्नुहोस्, तर म यो अब सहन सक्दिन। यो अनावश्यक खर्चको बिल अपराध हो। यसको पक्षमा मतदान गर्नेहरूलाई लाज लाग्नु पर्छ।’ एजेन्सी
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस