पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन्।
एक सातायता संक्रमण दर दैनिक घटिरहेको देखिएको छ। तर कन्ट्याक्ट ट्रेसिङको अभावमा समुदायमा संक्रमणको अवस्था कस्तो छ, यकिन गर्ने अवस्था नभएकाले संक्रमण घटिहालेको भन्न नसकिने विज्ञले औंल्याएका छन्।
सो अवधिमा एन्टिजेन विधिबाट ४ हजार ५ सय ६८ जनाको परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार ७४ जनाको परीक्षण गर्दा ३ हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।
सरकराले अहिले महामारीको रुपमा फैलिरहेको कोभिड १९ को महामारीको तेस्रो र चौथो लहर समेत आउने सम्भावना रहेको जनाएको छ। सो सम्भावना रहेको जनाउँदै सरकारले त्यो लहरविरुद्ध लड्नका लागि तयारी अवस्थामा रहन समेत...