श्री स्वस्थानी व्रत बस्ने त्यहाँ महिला मात्र नभएर वर्षौँ बस्दै आएका पुरुष (सावागन) ७ जना, साँखुकै नायोनकिन (नाइके) २ जना, पुरुष ११ जना र माधव नारायण .(विष्णु भनवान) बोक्ने १ जना रहेका छन्।
भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन्। यसैले यो नेपालकै मौलिक परम्पराको रुपमा रहेको छ। नेपालमा पनि धेरैजसो महिलाले नै यो व्रत गर्छन्।
पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ। पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्य...