स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार आठ सय कायम भएको छ।
बाटो खन्नेक्रममा कपिलवस्तुको विजयनगर गाउँपालिकामा १८औं र १९औं शताब्दीका सुन र चाँदीका सिक्का फेला परेका छन्। चाँदी जस्तो देखिने ५२ वटा र सुन जस्तो देखिने एउटा सिक्का फेला परेका हो । गाउँपालिका–७ ढोढरी...