निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।
संघीय संसद्मा मतदाता ३ सय ३३, प्रदेशसभामा ५ सय ५० गरी ८ सय ८३ जना सांसद रहेका छन्। जसमा संघीय संसद्को मतभार २६ हजार २ सय २८ रहेको छ भने प्रदेशसभाको मतभार २६ हजार ४ सय रहेको छ। जसमा कुल मतभार ५२ हजार ६...
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा खडा गरिएको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्।
मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।