आफू पनि अघि बढ्दैनन् अरूको बाटो नि छेक्छन्,केही गर्दैन जो उहीँ नै आकाशपाताल खोक्छन्। यस्तै छ यहाँ काम गर्नेको नाम कालू चलेको छ, रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्।
नीलहीरा भेटिएपछि त सुनलाई पनि बिर्सिदियौ, उज्यालो देखिएपछि त जूनलाई पनि बिर्सिदियौ।मलाई मात्रै होइन तिमीले अरु कसैलाई भेटेपछि, दुःख पर्दा मैले लगाएको गुनलाई पनि बिर्सिदियौ!
कोही घृणा गर्छन् मलाई कोही प्यार गर्छन्,कोही आँखा तर्छन् कोही आँखा चार गर्छन्।
बडो विचित्र अचम्म अनौठो छ यो दुनियाँ, कोही गर्दैनन् वास्ता कोही बारम्बार गर्छन्।
नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ, आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ। छ, तर के छ के छ जस्तो भएपछि के होला थाहा छैन, मलाई दुख्दा तिमीलाई नि दुखोस् र पो मन पग्लिन्छ।
सिक्का उहीं हो कहिले टिला हुन्छ कहिले भेटी हुन्छ, तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ। परिवर्तन शाश्वत सत्य हो रोकिन्न, छेकिन्न चलिरहन्छ, उहीं मान्छे, तर कहिले डेरावाल कहिले घरबेटी हु...
तिम्रो हृदय पत्थरको पनि पत्थर हो प्रेमले धुलो हुन्छ,पानी नहिंड्ने मात्रै कागजमा खनिएको पनि कुलो हुन्छ। विदेशमा प्यासी दिल बोकिरहेको मजदुरलाई सोध त,
विपद कि मृत्युको क्षण पैसा कि घर ठूलो हुन्छ।