राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को नतिजामा पोखराको मासावारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले ३.९६ जिपिए ल्याउन सफल भएका छन्।
प्रतिभा सुपर लिग क्रिकेटको उपाधि आयोजक प्रतिभा माविले नै जितेको छ। पोखरा–३ पालिखेचोकस्थित प्रतिभा माविको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजकले नै हात पारेको हो।
नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) लाई यहाँस्थित मदरल्याण्ड माध्यमिक विद्यालयले सम्मान गरेको छ। खेल क्षेत्रमा विशेष योगदान दिएको भन्दै भण्डारीलाई विद्यालयले सम्मान गरेको हो।