उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाका उच्च भेगको जनजीवन पनि प्रभावित भएको छ। कतिपय जिल्लामा हिडडुल नै सकसपूर्ण बनेको छ। हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई सचेतना अपन...
गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ। राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन्।