प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पाउनु ऐतिहासिक अवसर रहेको बताएका छन्। मुलुकको पहिलो पर्यटकीय राजधानी घोषणा गर्न पाउँदा आफूलाई हर्ष लागेको उनले बताए।
बोलीचालीको भाषामा पोखरालाई देशकै पर्यटकीय राजधानी भन्दै आइएको छ। पर्यटन व्यवसायीले पनि पोखरालाई पर्यटकीय राजधानी भन्दै देशविदेशमा बजारीकरण गर्दै आएका छन्। तर, सरकारले भने अझैसम्म पोखरालाई पर्यटकीय राज...