२०७६ जेठबाट नाका पुनःसञ्चालनमा आए पनि कारोबार बढ्न सकेको छैन। बरु, झन् घट्दो छ। सामाग्री आयातमात्र गर्ने शर्तमा नाका सञ्चालनमा ल्याइएको थियो। नाकाबाट हुने मानवीय आवागमन अझै प्रतिवन्धित छ।
टोलीमा सहसचिव आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल र सोही विभागले तोकेको दुई विज्ञ तथा नेपाल प्रहरीका अधिकारीसहित सातजना रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।
नेपाल–भारत सिमाना खुला तथा आवतजावत सहज भएका कारण पनि दुई देशबीच सदियौंदेखि बेलाबेला सीमासम्बन्धी विवाद भइरहेको हो। यस विषयमा दुई देशबीच पटकपटक वार्ता भए पनि अहिलेसम्म विवाद साम्य हुन सकेको छैन। नेपालल...