बिहीबार दिँउसो साढे १ बजेदेखि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। तुइन खोलामा माथिबाट सुख्खा पहिरो खस्ने क्रम जारी नै छ।
सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझैं सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी ई. शिव खनालका अनुसार सो ठाउँमा ३८ मिटर लामो भाग भासिएको छ। सो क्षेत्रमा...