लेखक खगेन्द्र संग्रौलाले संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर लोभ्याएको दाबी गरेका छन्।
प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेपालको राजनीति नयाँ मोडतर्फ उन्मुख छ। संसद विघटनविरूद्ध एकाध बाहेक सम्पूर्ण शक्तिहरु एक ठाउँमा उभिएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माले गरेको संसद् विघटनको सिफारिस अधिनायकवाद- उन्मुख भएको टिप्पणी गरेका छन्।
प्रमुख प्रतिपक्ष दलका नेता देउवालाई भेट्न जसपाका नेताहरू डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र राजेन्द्र महतो शनिबार शनिबार साँझ उनकै निवास बूढानीलकण्ठ पुगेका हुन्।