नदीजन्य निर्माण सामाग्र उत्खनन गर्न स्थानीय तहले हरेक वर्ष ठेक्का लगाउँछन् । वर्षा अघि सम्म गोरखाका ठुला घाटमा रातदिन उत्खनन् हुन्छन् । यसवर्षको उत्खनन दुई साता अघि रोकिएको थियो ।
‘यतिसम्मको सेटिङ हुन्छ कि प्रशासनको अनुगमन आउने बेला सबैतिर सुनसान हुन्छ, तर, भोलिपल्टदेखि पुनः निकाल्न थालिन्छ,’ खनालले भने। खनालका अनुसार सेती उत्खनन गर्दा पृथ्वी राजमार्ग पनि जोखिममा पर्छ। राजमार्ग...