प्रहरीका अनुसार बालिका अर्को पालिकाकी हुन्। उनका बुवा छैनन्। आमाले अर्को विवाह गरेकी छन्। सुरुमा मामाघरमा बस्दै आएकी उनी माइजुसँगको विवादपछि घर छोडेर पञ्चपुरी पुगेकी थिइन्।
रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार बलात्कार गर्ने आरोप लागेका जेठाजु पुर्पक्षका लागि जेल चलान भएका छन् भने वडा सदस्यलाई एक लाख ५० हजार धरौटीमा छोडिएको छ।
धनगढीमाई नगरपालिका–९को कौशल एग्रो ट्रेडर्स(राइस मिल)का संचालक महेश साहलाई जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन...