आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा सञ्चालन हुने महासमिति बैठकका सम्बन्धमा छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी पदेन सदस्य रहने व्यवस्था छ। पार्टी प्रवक्ता र संसदीय दलको नेता पनि केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुने व्यवथा छ।
बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्या...