अहिले जारी प्रस्तुतिमा अब दुई समूहको प्रस्तुति हुन बाँकी रहेको र यसपछि खाना समय हुने जनाइएको छ। यसपछि प्रतिवेदन प्रस्तुतकर्ताको जवाफ हुने र समसामयिक प्रस्ताव पारित गर्ने कार्यसूची छ।
बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्।
शुक्रबारदेखि सुरु हुने नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ। भोलि (शुक्रबार)देखि तीन दिनसम्म चल्ने विधान महाधिवेशनका लागि प्रतिनिधिहरू का...