एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट देशभरका सबै वडामा एकसाथ अधिवेशन उद्घाटन गर्नेछन्। वडा अधिवेशनका लागि सबै जिल्ला कमिटीका बैठकले प्रतिनिधि खटाइसकेका छन्।
आजको बैठकमा बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको राहत, उद्धार र रोकथामका पहलबारे समीक्षा भई त्यसलाई अझै प्रभावकारी बनाउन सुझाव दिइएको नेता ज्ञवालीले बताए।
नेकपा एमालेले १०औँ राष्ट्रिय महाविधेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको आयोजक कमिटीको बैठकले कमिटीका सदस्यको कार्यविभाजन बाँडफाँड गरेको हो।