प्रहरीले बुधबारसाँझ लागुऔषधसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठ रहेका छन्।
गौर नगरपालिका ६ बसपार्कमा नजिक डिउटीमा खटिएको प्रहरीले एक यात्रुबाहक बसबाट ओर्लिएका यात्रुहरुलाई चेकजाच गर्ने क्रममा ४० किलोग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको हो।
घरमा भरुवा बन्दुक लुकाईछिपाई राखेको सूचनाका आधारमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क झुलेका ५४ वर्षीय निम साङ्गे तामाङलाई बुधबार पक्राउ गरेको हो।