सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार भएको छ। मकालु आधार शिविरको हिउँमा फसेका चार नेपालीको आज हेलिकप्टरमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
अविरल वर्षाका कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहीबार बिहान सकुशल उद्धार गरेको छ।
भारतको बैंङ्लोर तथा आसपासका क्षेत्रमा पाँच महिनादेखि अलपत्र परेका नेपाली विद्यार्थीहरुलाई बुधबारसाँझ नेपाल वायुसेवाको उद्धार उडानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।
शुक्रबारसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो । यस...
प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकामध्ये कतिलाई उद्धार गर्नुपर्ने हो भन्नेबारे अध्ययन भइरहेको बताएका छन् । मंगलबार संघीय संसदमा आगामी वर्षको बजेटका नीति तथा कार्यक्र...