अक्सिजनको अभावमा भक्तपुरमा दुईजना कोरोना संक्रमित बिरामीको निधन भएको छ। जिल्लाको कौशलटारस्थित भक्तपुर इन्टर्नेशनल हस्पिटलमा उपचाररत दुई जना बिरामीको निधन भएको हो।
अक्सिजन नपाएर कयौं संक्रमितको ज्यान गएको छ। छटपटाइरहेका संक्रमितको अक्सिजन नपाएर ज्यान बचाउन धौधौ परेको चिकित्कसले बताएका छन्। अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेका छन्...