‘सरकारलाई संसद्भित्र डिफेन्ड गरिराखेका छौँ। बाहिर पनि सरकारलाई डिफेन्ड गरिराखेका छौँ । तर, भएको वस्तुस्थितिलाई पार्टीभित्र पनि छलफलको विषय बनाउनुपर्छ भन्ने आधारमा दुई शब्द मैले यहाँ भनेको हुँ।’
प्रतिनिधिसभा पाँचाैँ अधिवेशनको शुक्रवार बसेको तेस्रो बैठकको शून्य समयमा सांसद साउदले सरकारद्वारा गठित समितिको सुझावअनुसार पुनः नापी गरेर आरक्ष विस्थापितको समस्या समाधान गर्न माग गरेका हुन्।
ठुला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदले सरकारले ११ देशका राजदुत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन्।