अध्यागमन सेवालाई प्रभावकारी बनाउने उद्देश्यले नैतिक संहिता बनाई आजदेखि लागू गरिएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए।
दोहाबाट काठमाडौं आएको कतार एयरको विमान कोलकाता डाइभर्ट भएको छ। मलेसियाबाट आएको नेपाल एयरको विमान नयाँ दिल्ली डाइभर्ट भएको छ र चीनबाट आएको सिचुवान एयरको विमान चीन नै फर्किएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको लागि कार्ययोजना बनाएर १५ दिनभित्र पेस गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्।
विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ।
प्राधिकरणले २१ घण्टा विमानस्थल सञ्चालन समय १४ घण्टामा सीमित गर्ने हुँदा हाल भइरहेका राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारेको छ।
दसैंका लागि सडक मार्गबाट यात्रामा निस्कँदा भोग्ने सास्ती नेपालीका लागि सामान्य नियति विद्यमान छ नै। सहज यात्राको अपेक्षा गरेर हवाई यात्रामा निस्कँदा पनि उस्तै सास्ती व्यहोर्नुपर्ने स्थिति बनेको छ।