संवाद कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले ‘नेपालमा एउटा खालको विकास गर्नुपर्छ भन्ने छट्पटी छ होइन त?’ भन्ने प्रश्न खनाललाई सोधेका थिए।
कांग्रेस महामन्त्री गगन थापाले यो बारे बुझेको आफूले पाएको खनालले बताए। उनले भने, ‘जस्तो गगनजीले डाँडाडाँडामा गएर... भन्नुभयो। उहाँले देख्नुभएको रहेछ, तर सरकारले नदेखेको रहेछ।’
‘मैले अनुभव गर्दा लोकप्रियतावादी कार्यक्रमले काम गरेन भन्ने राजनीतिक वृत्तमा परेको छ। त्यस्ता नारा जनताले पत्याएनन् भन्नेमा उहाँहरु गम्भीर हुनुहुन्छ,’ अर्थविद् खनालले भने।