सभामुखले सो निर्णय सुनाएपछि यसमा असहमति राख्दै माओवादीका सांसदहरुले उठेर संसद् अवरोध गरेका छन्। त्यसपछि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच भनाभन भएको छ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रहरीको आइजिपीको बारेमा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्।
मधेसको जीवन रेखा हुलाकी राजमार्ग अन्तर्गतको कमला नदीमाथि पक्की पुल निर्माणमा सरकार गम्भीर बन्नुपर्ने प्रतिनिधिसभा बैठकमा सांसदहरूले जोडदार माग गरेका छन्।
सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ।