पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे पनि निर्णय सार्वजनिक गरिनेछ।
नेताहरूको कार्य विभाजनको प्रमुख एजेण्डासहित एकीकृत समाजवादीको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो । बैठकले नेताहरूको कार्य विभाजन र वार्षिक कार्ययोजनाबारे निर्णय गर्नेछ ।