सांसदहरुले निर्माणाधीन सुरुङ मार्गको काम चाँडो सम्पन्न गर्न, खानेपानी र सिँचाइ र मलखादको प्रबन्ध गर्नेदेखि कुप्रथा छाउपडीको पीडालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र खानेपानी मन्त्री प्रदीप यादवले पर्साका खानेपानीको अभाव भएका क्षेत्रको संयुक्त रुपमा अनुगमन गरेका छन्।
कानुनविद् तथा पूर्वसांसद राधेश्याम अधिकारीले राज्य व्यवस्था समितिबाट गएको प्रतिवेदनलाई जालझेल भएको बताएका छन्। संसदीय व्यवस्थामा यस्तो कुराले संसदीय अभ्यासलाई बिगार्छ भन्ने उनको टिप्पणी छ।
समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना हुनेछन् ।