‘अहिले पाँच बजे एयरपोर्ट पुग्नुपर्ने छ। सम्माननीय पूर्व राष्ट्रपति ज्युले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईँ राम्रो बोल्नुहुन्छ भन्ने मलाई थाहा छ। उहिल्यै देखि...
तर भण्डारीले केही नगर्ने ओलीले दाबी गरे। उनले भने, ‘कुनै बम, बारुद, गोला केही पड्किनेवाला छैन। आस नगरे हुन्छ। नेकपा एमाले एक छ, एक रहन्छ। एकजुट भएर रहन्छ।’
‘त्यो सन्धि ठिक छ, सम्झौता ठिक छ। तर त्यस बेला देश बेचे, मासे, खाए, नदी बेचे खाए भने। केही बेचेको थिएन,’ उनले भने। एमाले देशको स्वाभिमान र देशभक्ति बेच्ने शक्ति नभएको उनले दाबी गरे।