त्यो दिन दाहाल आनन्दले राति सुतेको अध्यक्ष नेपालले बताए। ‘दुई रातदेखि निद्रा लाग्या थिएन, के भइरहेछ ? गुपचुप भेटघाट चलिरहे छकी भनेर। कहाँ हुनु वाइह्यात हल्ला हो, ढुक्क हुनुस् भनेर सुतेको त बिहान नर्क...
‘अहिलेका हाम्रा प्रधानमन्त्री संविधान मिच्ने र मिचेर चल्ने कुराको उस्ताद हुनुहुन्छ,’ अध्यक्ष नेपालले भने, ‘त्यो गर्ने कुरा प्रति गौरव बोध गर्नुहुन्छ।’ उनलाई संविधान र कानुनको मतलब नभएको उनले बताए।
‘हिजो क्रान्तिको केन्द्र भएको र आज प्रतिक्रान्तिको केन्द्र हुने खतरा रहेको झापालाई फेरि क्रान्तिकै केन्द्र बनाउनका लागि तपाईँहरुसँग अपिल गर्न, यहाँको जनतासँग अपिल गर्न आएका छौँ,’ दाहालले भने।