कुनै निदान विनाको विधान लेखेर चिप्लिए, कुनै बाह्रै महिना हरियो देखेर चिप्लिए। भाँतीभाँतीका चिप्ल्याइँ हुँदा रहेछन् यो लोकमा,विचरो तीर्थे केराको बोक्रोमा टेकेर चिप्लिए।
यतिउति भनी किन नाप्छौ प्रेम जोखेर जोखिन्छ र,चाहँदै हुन्छ के कसैले भाग्य बोकेर बोकिन्छ र!
फुत्तफुत्त बितिदिन्छ बुढ्यौली डाक्दै समय पनि,जवानीको धीत बाँकी भन्दै यो रोकेर रोकिन्छ र!
फाटेको मनमा नुनचुक लाउन दसैँ किन आउँछ? भगवान् हामी अभागीलाई सताउन दसैँ किन आउँछ? न त आफन्त छन् न त परिवार छ न त आमाबाबु छन्, हामी टुहुरा बालकलाई रुवाउन दसैँ किन आउँछ?
आमाले हाँस्दै भन्नुभयो-ए सॉंच्चि, तिमीलाई त थाहा पनि छैन नि। हेर न अब तिम्रो बिहे पनि भइहाल्यो, हामीलाई पनि साथी हुन्छ, कोठा पनि खाली किन राख्नु भनेर तिम्रो कोठा त हामीले भाडामा पो लगाइदियौं त छोरी।
हात दिई तानेझैं गर्नेले पछार्न पनि सक्छ,धेरै कला जानेकोले कुरा बटार्न पनि
सक्छ। अन्धभक्त भई विश्वासमा नपर्नुस् कसैको, विश्वासको नाम दिई अन्धकारमा लघार्न पनि सक्छ।