उबिना सक्दिनँ म त सक्ने हुनु पनि छैन, मेरो आफ्नै आधा जीवन अबदेखि मेरै हैन, यो जुनीको हरेक उडान उनीसँगै भरूँ अब, शिर पारी रुपाकोटलाई उनीसँगै मरूँ अब, ए भन्देऊ तुवाचुङ! उसलाई आफ्नो बनाउन कुन फूल टिपी दि...
‘राकेश, तिमीले स्पेनिस भाषा पनि सिकेका हौ नि नेपालमा। एकपटक सोध न डाक्टरलाई कहिले सञ्चो हुन्छ मलाई! मेक्सिकन सेनाले हानेको गोलीको घाउ त साह्रै पोल्दो रहेछ।’ उसले साथीसँग भन्यो।
विगतका अनुभवलाई टेकेर अर्तिको कुरा गर्छु, आवाद बस्तीको मात्रै होइन, पर्तीको कुरा गर्छु। आकाशको तारा टिप्ने, जून झार्ने मान्छे म होइन, माटोमा रमाउँछु, त्यसैले त धर्तीको कुरा गर्छु।
सुरक्षाको सवाल आउँदा त्वां शरणं हुन्छ भने,औषधिको अभावमा अकाल मरण हुन्छ भने।
यस्तोलाई कुन दर्जाको शासन भनौँ साथी!खुला रूपमै प्रजातन्त्रको चीरहरण हुन्छ भने।