समय चक्रले भत्काउँछ सुरक्षाको देवाल होस गर, प्रकृतिको उग्र रूप छेक्ने कुनै छैन पर्खाल होस् गर। उद्दण्ड बन्दैछ मान्छे सत्ता, शक्ति र धनको बलमा,विध्वंस गरी विकासमा गर्न हुन्न कुनै जाल होस गर।
उचाल्ने र पछार्ने विषयमा छलफल हुन्छ, कसैलाई दाग लागे शुद्धि गर्ने पहल हुन्छ।
राजनीति अमर्यादित खेल कहाँ हो र साथी! यहाँ त पार्टीभित्र नै पवित्र गंगाजल हुन्छ।
कहिले निम्ठो, कहिले झुसी हुन्छ मान्छे,अनायासमै किन यत्रो छुसी हुन्छ मान्छे।
भोको पेट नाङ्गो आङ्लाई के राष्ट्रियता! विदेशको भिसा लाग्दा खुशी हुन्छ मान्छे।
उनीहरूले मलाई कत्ति पनि हेपेनन्। ससम्मान प्रश्न सोधे। म कहाँ शरणार्थीको रूपमा आएको मान्छे। मसँग न कुनै परिचयपत्र नै थियो, न त त्यहाँ मैले चिने जानेको कोही अधिकृत नै थिए।
जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ,भन्नै पर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ।
तस्वीरमै देखिएझैँ कहाँ हुन्छ र जिन्दगी,बोकेर पीर-व्यथा दिलभित्र दुखेको हुन्छ।