करिब एक दशक राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले राजनीतिमा फर्कन चाहना राखेपछि प्रधानमन्त्री बन्न मिल्ने कि नमिल्ने भन्ने विषयमा राष्ट्रिय राजनीतिक चासो बढेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर नै वाम एकताको प्रस्ताव राखेका छन्।