अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चलेन ?
१९ भदौ २०८३
•
३ मिनेट पाठ
अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चलेन ?
नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ। टोलीले टप एन्ड टी–२० सिरिज सकाएर अहिले एकदिवसीय खेल खेलिरहेको छ।




नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलामा पनि आफ्नो खराब ब्याटिङ जारी राखेको छ। नेपालले पहिलो खेलमा अष्ट्रेलियाको घरेलु टोली तास्मिनियाविरुद्ध खेलेको थियो। उक्त खेलमा पहिला ब्याटिङ गरेको नेपाल ४३.३ ओभरमा १९२ रनमै अलआउट भयो।

तास्मिनियाविरुद्ध नेपालका कुनै पनि अर्धशतकीय पारी खेल्न सकेनन्। त्यस खेलमा नेपाल २ विकेटले पराजित भयो। नेपालले दोस्रो खेलमा झन खराब ब्याटिङ गर्यो।

शुक्रबार दक्षिण अष्ट्रेलियाविरुद्धको उक्त खेलमा २६० रनको लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा १२१ रनमै समेटियो। दोस्रो एकदिवसीय खेलमा पनि नेपालका कुनै पनि ब्याटरले अर्धशतकीय इनिङ खेल्न सकेनन्।

दक्षिण अष्ट्रेलियाविरुद्ध नेपाल १३८ रनले पराजित भयो। नेपालले अब आइतबारअन्तिम खेलमा न्युजिल्यान्डविरुद्ध खेल्नेछ।

टप एन्ड टी–२० सिरिजमा पनि खराब प्रदर्शन

तेस्रो संस्करणको टप एन्ड टी–२० का लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ टोलीलाई प्रतियोगिता खेल्न अष्ट्रेलिया पठाएको थियो। 

‘ए’ नाम दिए पनि टिममा समावेश अधिकांश खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरिसकेका छन्। नेपालले टप एन्ड टी–२० सिरिज २०२६ मा पनि लिग चरणमा छ वटा खेल खेल्न पायो। नेपालले छमध्ये चारमा पराजय र दुई खेलमा मात्र जित निकाल्यो।

गत संस्करणमा पनि नेपालले यही प्रकारको नतिजा निकालेको थियो। यसपटक नेपालको सुरुवात निकै कमजोर रह्यो।

नेपालले आयोजक नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेटको पराजय व्यहोर्दै प्रतियोगिताको सुरुआत गरेको थियो। दोस्रो खेलमा नेपालको भेट बङ्गलादेश हाई–परफर्मेन्ससँग भयो। उक्त खेलमा नेपालले ९ विकेटको हार व्यहोर्यो।

तेस्रो खेलमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै होबार्ट हरिकेन्सको एकेडेमीलाई ३९ रनले हरायो। सोही लय दोहोर्याउँदै नेपालले चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्ध चार विकेटको जित निकाल्यो।

पाँचौँ र छैटौँ खेलमा भने नेपालले फेरि लय गुमायो। नेपालले पाँचौँ खेलमा हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रन र भिक्टोरिया सिए–११ विरुद्ध एक विकेटको पराजय व्यहोर्यो।

यसरी समग्रमा नेपालले छ खेलबाट चार अङ्क मात्र जोड्यो। नेपाल तालिकाको सातौँ स्थानमा रह्यो।

ब्याटिङमा किन सुधार देखिएन ?

अष्ट्रेलियामा खराब नतिजा दोहोर्याउनुमा त्यहाँ खेलेको अनुभवको कमी रह्यो। नेपालका पूर्वराष्ट्रिय क्रिकेटर शरद भेषवाकर पनि अष्ट्रेलियाको पिचमा खेल्न कठिन हुने बताउछन्।

‘अष्ट्रेलियाको पिचमा बल धेरै बाउन्स हुन्छ। हाम्रा लागि त्यहाँको पिच कठिन नै मानिन्छ। यद्यपि हामीले त्यहाँको पिचमा पनि खेल्ने बानीको विकास गर्नुपर्छ,’ भेषवाकरले भने, ‘यस प्रतियोगितामा नेपालले लय पाउन निकै सङ्घर्ष गरेको देखियो। ब्याटिङमा कुशलबाहेक अरू ब्याटर चल्न नसक्दा टोलीले आफूअनुकूल नतिजा निकाल्न सकेन।’

खेलमा पराजय व्यहोरे पनि यस्तो प्रकारको प्रतियोगिताले आगामी दिनमा सिनियर टोलीलाई धेरै फाइदा पुग्ने उनको बुझाइ छ।

‘अष्ट्रेलिया भ्रमणमा नेपाल ‘ए’ ले अपेक्षाअनुसार नतिजा दिन नसके पनि केही खेलमा प्रतिस्पर्धात्मक क्रिकेट भने खेल्यो। यस प्रकारका प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि गर्न धेरै मद्दत पुर्याउँछ,’ भेषवाकर भन्छन्, ‘ठूला प्रतियोगितामा खेल्दा खेलाडीमा आत्मविश्वास बढ्छ। साथै उनीहरू सामु आफ्नो क्षमता देखाउने अवसर पनि मिल्छ।’
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
२२ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
यो पनि पढौँ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस