टोटेनहमको सुखद सुरुआत
०१ भदौ २०८२
•
२ मिनेट पाठ
टोटेनहमको सुखद सुरुआत
टोटेनहमको प्रशिक्षकका रूपमा थोमस फ्रान्कले इङ्लिस प्रिमियर लिगमा आफ्नो पहिलो जित आत्मसात गर्ने क्रममा उनको टोलीले सानदार सुरुआत गरेको छ।




रिचार्लिसनको सानदार प्रदर्शन प्रेरणामा टोटेनहमले शनिबार बर्नलीमाथि ३–० को जित निकाल्दै यस सिजनको प्रिमियर लिगमा सुखत सुरुआत गरेको हो। एन्जे पोस्टेकोग्लो गत सिजनको अन्त्यमा बाहिरिएपछि ब्रेन्टफोर्डका फ्रान्कलाई टोटेनहम भित्राइएको थियो। रिचार्लिसनको सानदार प्रदर्शनपछि टोटेनहमका डेनिस प्रशिक्षक फ्रान्कले नयाँ सिजनको पहिलो खेलमा राम्रो छाप छोडेका छन्।

डोमिनिक सोलान्केको स्थानमा ब्राजिलियन फरवार्ड रिचार्लिसनले सुरुआती अवसर पाएका थिए। त्यसमा उनले सदुपयोग गर्दै प्रशिक्षकको मन जितेका छन्। उनले दुई गोल गरे। यसमा एक आकर्षक एक्रोबेटिक गोल पनि थियो। ब्रेनन जोन्सनले टोटनह्यामको तेस्रो गोल गरेका हुन्।

टोटेनहमले गत सिजन युरोपा लिग जितेको थियो। तर, प्रिमियर लिगमा भने लन्डन क्लब १७औं स्थानमा रह्यो। यससँगै टोटेनहमले सन् १९७६–७७ पछिको सबैभन्दा खराब नतिजा सामना गरेको थियो। फ्रान्कले ब्रेन्टफोर्डलाई प्रिमियर लिगसम्मको यात्रा तय गराएका थिए।

टोटनहमका अध्यक्ष डेनियल लेभीलाई फ्रान्क नै क्लबका लागि उपयुक्त हुन सक्ने आशासहित उनलाई भित्राएका हुन्। उनको आगमनपछि टोटेनहमको सुखद नतिजाहरू आउने आशा थियो। तर, युइएफए सुपर कपमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध दुई गोलको अग्रता गुमाउँदा टोटेनहमले सुखद नतिजा पाउन सकेन।

टोटेनहम पेनाल्टी सुटआउटमा स्तब्ध भएको हो। च्याम्पियन्स लिग विजेता पिएसजीविरुद्ध टोटेनहमले राम्रो प्रदर्शन गरेको थियो। यसलाई टोटेनहमका समर्थकका लागि धेरै आशा दिलाउन सफल भयो। बर्नलीविरुद्ध पनि टोटेनहमले राम्रो प्रदर्शनसँगै समर्थकलाई अर्को खुसी दिएको छ। बर्नली गत सिजनमा च्याम्पियनसिपबाट बढुवा भएको हो।

लिगका ४६ खेलमा बर्नलीले ३० क्लिन सिट राखेको थियो। तर, प्रिमियर लिगमा भने बर्नलीको डिफेन्स प्रभावकारी भएन। स्कट पार्करको टोलीले च्याम्पियनसिपमा मात्र १६ गोल बेहोरेको थियो। तर, प्रिमियर लिगमा भने त्यो लय समाउन सकेन।

टोटेनहमको उत्कृष्ट फिनिसिङसामू बर्नलीको डिफेन्सले संघर्ष गर्नुपर्‍यो। प्रिमियर लिगबाट घटुवा हुनबाट जोगिन बर्नलीले आफ्नो डिफेन्समा सुधार गर्नुपर्ने देखिन्छ। फ्रान्कले खेल सुरुहुनु अगाडि टोटेनहम प्रशंसकबाट न्यानो स्वागत पाए। उनले पनि मैदानको चारैतिर फर्केर प्रतिक्रिया दिए। डेनिस प्रशिक्षकले आफ्नो घरेलु डेब्यूमा केही नर्भस महसुस गर्ने प्रतिक्रिया दिएका थिए। तर, नतिजा भने सुखद आएको छ।  
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
२ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस