इङ्लिस प्रिमियर लिगका पूर्वस्टारको दबदबा
२८ भदौ २०८२
•
३ मिनेट पाठ
इङ्लिस प्रिमियर लिगका पूर्वस्टारको दबदबा
इङ्लिस प्रिमियर लिगका पूर्वस्टार सम्मिलित एसियन च्याम्पियन्स लिग सोमबार सुरु हुँदा एसियाली फुटबलका समर्थकहरूले यसलाई चासोका साथ हेरिरहेका छन्।




इङ्लिस फुटबलका पूर्वस्टारहरू इभान टोने, जेसी लिङ्गार्ड, रियाद महारेज र डार्विन नुनेजलाई एसियन फुटबलको सबैभन्दा ठूलो प्रिमियर लिग प्रतियोगिता जित्ने अवसर हुनेछ । गत संस्करणमा साउदी अरबका क्लबले एसियन च्याम्पियन्स लिगमा दबदबा बनाउँदा तीन टोली सेमिफाइनलमा पुगे। करिब ६० हजार समर्थकका साथ मेमा जेदाहमा भएको फाइनलमा अल अहलीले उपाधि उचाल्यो। अल इतिहाद र अल हिलाललाई यसपल्ट पनि उपाधि दाबेदारका रूपमा हेरिएको छ। साउदीको पब्लिक इन्भेस्टमेन्ट फन्डको लगानीमा रहेको अल नासर पनि बलियो टोली हो।

अल नासरले सन् २०२३ मा खेलाडी अनुबन्धित गर्न करिब १.५ बिलियन डलर खर्चिएको  थियो, जहाँ क्रिस्टियानो रोनाल्डो पनि सम्मिलित थिए। इङ्लिस प्रिमियर लिग क्लब ब्रेन्टफर्डबाट टोने साउदी क्लब अल अहलीमा अनुबन्धित भएका हुन्। सन् २०२४ को अगस्टमा आएका टोने एसियाली फुटबलमा चम्कन सक्नेछन्। ‘आफ्ना समर्थकका  माझ च्याम्पयन्स लिग जित्नु धेरै खुसीको पक्ष हो। हाम्रा समर्थक पनि यसका लागि आतुर छन्,’ टोनेले भने।

इङ्ल्यान्डका स्ट्राइकर टोनेले गत सिजन ६ गोल गरेका थिए। उनको रियाद महारेजसँग पनि राम्रो सम्बन्ध छ, जसले सन् २०२१ मा म्यानचेस्टर सिटीबाट युइएफए च्याम्पियन्स लिगको उपाधि उचालेका थिए।

‘यदि तपाईं सही स्थितिमा पुग्नुभयो भने महारेजजस्ता खेलाडी भेटिनेछन्,’ टोनेले भने,  ‘साउदी प्रो लिग उच्च स्तरको छ।’ एसियन च्याम्पियन्स लिगमा सहभागी २४ टोलीलाई  एसियाको वेस्टर्न र इस्टर्न गरी दुई समूहमा विभाजन गरिने गरिन्छ। हरेक समूहबाट आठ टोली राउन्ड अफ १६ मा पुग्नेछन्।

गत जुनमा अमेरिकामा भएको क्लब  विश्वकपमा समूहचरण पार गर्ने एक मात्र एसियन क्लब हो रियादको अल हिलाल। म्यानचेस्टर सिटी जस्तो बलियो टोलीलाई हराउँदै अल हिलाल क्वार्टरफाइनलसम्म पुगेको थियो। अल हिलालले लिभरपुलबाट उरुग्वेका स्ट्राइकर नुनेजलाई भित्र्याउन ७० मिलियन डलर खर्चिएको छ।

अल हिलालले अहिले युरोपमा सफल प्रशिक्षक सिमोन इन्जाघीलाई पनि भित्र्याएको छ। गत संस्करण इन्टर मिलानलाई युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याएका सिमोन गत जुनमा हिलाल पुगेका हुन्। च्याम्पियन्स लिग फाइनलमा भने उनको टोली मिलान पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ५–० ले पराजित हुन पुगेको थियो।

इटालियन प्रशिक्षक सिमोनले एसिया अझै राम्रो नतिजा दिन सक्नेछन्। दुई पल्टको च्याम्पियन अल इतिहाद पनि एसियन च्याम्पियन्स लिगका लागि बलियो टोली हो। अल इतिहादमा फ्रान्सका  स्टार करिम बेन्जिमा र एनगोलो कान्टे जस्ता खेलाडी छन्।

कान्टेसँग युरोपमा पनि च्याम्पियन्स लिग जितेको अनुभव पनि छ। म्यानचेस्टर युनाइटेड र इङ्ल्यान्डका स्टार लिङ्गार्ड दक्षिण कोरियन क्लब एफसी सिओलमा छन्।

दक्षिण कोरियन क्लब एसियन च्याम्पियन्स लिगमा सबैभन्दा सफल टोली हो, जसले १२ पल्ट उपाधि जितेको छ। तर, सन् २०१६ यता भने एफसी सिओलले एकपल्ट मात्र यो सफलता पाएको छ। लिङ्गार्ड सन् २०२३ मा के लिग टोलीसँग आबद्ध भएका हुन्। उनी अहिले क्लबका कप्तान र समर्थकका प्रिय खेलाडी पनि भइसकेका छन्।‘

अहिले हामी लिग र एसियन च्याम्पियन्स लिगको उपाधि जित्ने गरी प्रतिस्पर्धा गर्दै छौं,’ लिङ्गार्डले भने, ‘एक कप्तानको रूपमा यो सफलता दिलाउन जतिसक्दो प्रयास गर्नेछु।’ सिओलका प्रशिक्षक किमकी दोङले ३२ वर्षे लिङ्गार्डमाथि धेरै जिम्मेवारी थपिदिएका छन्।

‘उनले इङ्ल्यान्ड र इङलिस प्रिमियर लिग खेलेका थिए। तर, एसियन च्याम्पियन्स लिगमा  उनको यो पहिलो सहभागिता हो,’ किमले भने,‘उनी अझै राम्रो गर्न चाहन्छन्। त्यसका लागि धेरै मिहिनेत पनि गर्नेछन्।’

जापानी क्लबहरूले अहिले साउदीका क्लबलाई धेरै चुनौती दिन थालेका छन्। कावासाकी  फ्रन्टेलले गत अप्रिलमा भएको सेमिफाइनलमा अल नासरलाई हराएको थियो। तर, यसपल्ट च्याम्पियन्स लिगमा छनोट हुन भने असफल रह्यो। जे लिग क्लब भिसेल कोबे पनि बलियो दाबेदारका रूपमा हेरिएको छ। इस्टर्न रिजनको १२ टोलीमा दक्षिण कोरियाको उलसान मात्रा पछिल्लोपल्ट च्याम्पियन्स लिग खेलेको टोली छ।
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुद: पौडीमा बागमती च्याम्पियन, एनआरएन टोली बन्यो दोस्रो
१० घण्टा अघि
•
४ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: पौडीमा बागमती च्याम्पियन, एनआरएन टोली बन्यो दोस्रो
दशौँ राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ।




बागमतीले सर्वाधिक १६ स्वर्ण, ९ रजत र १० कांस्य गरी कुल ३५ पदक जित्दै च्याम्पियन बनेको हो। दोस्रो स्थानमा रहेको एनआरएन टोलीले १२ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल २० पदक जित्न सफल भएको छ।

नेपाल आर्मी क्लबले ७ स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ३९ पदकसहित तेस्रो स्थान हासिल गरेको छ। नेपाल पुलिस क्लब ६ स्वर्ण, १४ रजत र १६ कांस्य गरी कुल ३६ पदकसहित चौथो, कोशी प्रदेश ३ स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ४ रजत र १ कांस्य गरी कुल ७ पदकसहित छैटौँ स्थानमा रहेका छन्। यसैगरी, प्रतियोगितामा पुरुषतर्फ बागमती र महिलातर्फ एनआरएन टोली च्याम्पियन बनेका छन्।

प्रतियोगिताको अन्तिम दिन पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेका छन्। नेपाली पौडीमा एउटै इभेन्टमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान भंग गर्नु पनि नयाँ कीर्तिमान हो। यसअघि उक्त इभेन्टमा अशिम भण्डारीको नाममा २ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान थियो। शुक्रबार सुदूरपश्चिमका अर्थभ सिंहले २ मिनेट १८.३० सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। रजत पदक जित्ने आर्मीका सौरेन बहादुर सिंहले २ मिनेट १९.८१ सेकेन्ड र कांस्य पदक जित्ने आर्मीकै अशिम भण्डारीले २ मिनेट २०.११ सेकेन्डमा दूरी पूरा गरेका थिए।

पुरुष ८०० मिटर फ्रिस्टायलमा आफ्नै पुरानो कीर्तिमान सुधार गर्दै पुलिसका काल्किन श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाउने क्रममा स्वर्ण पदक जिते। उनले ९ मिनेट ०३.२१ सेकेन्डमा दूरी पूरा गरे। सुदूरपश्चिमका अर्थभ सिंहले १० मिनेट ०१.९६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसका रचित बुढाथोकीले १० मिनेट ३३.६८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते। यस इभेन्टमा यसअघि काल्किनकै नाममा ९ मिनेट ०३.२१ सेकेन्डको कीर्तिमान थियो।

महिला २०० मिटर बटरफ्लाईमा एनआरएनकी लिलीले स्वर्ण जित्ने क्रममा २ मिनेट ३३.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। यसअघि डुआना लामाको नाममा २ मिनेट ३५.२९ सेकेन्डको कीर्तिमान थियो। आर्मीकी डुआनाले २ मिनेट ३९.९४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकी देभान्सी जोशीले ३ मिनेट ०३.१३ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

महिला ४०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले ४ मिनेट ४३.११ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। आर्मीकी डुआना लामाले ४ मिनेट ५२.६२ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा एनआरएनकी मिखा काया थापाले ५ मिनेट ०२.७६ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष २०० मिटर इन्डिभिजुअल मिड्लेमा बागमतीका अभिभ प्रधानले २ मिनेट १६.९६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। पुलिसका इर्भिन श्रेष्ठले २ मिनेट २०.१६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकै काल्किन श्रेष्ठले २ मिनेट २२.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला १०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआना लामाले १ मिनेट १९.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। एनआरएनकी लिलीले १ मिनेट २२.५५ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकी रोयल प्रजापतिले १ मिनेट २४.१८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले १ मिनेट ०८.२५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०८.६४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीका आरिक कर्माचार्यले १ मिनेट १६.६४ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला ५० मिटर फ्रिस्टायलमा एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। बागमतीकी आर्या महर्जनले २९.४९ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकै रोयल प्रजापतिले ३०.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष ५० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले २५.६२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। बागमतीका अभिभ प्रधानले २४.६८ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीका अल्भि महर्जनले २५.०२ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले ४ मिनेट २८.८६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। आर्मीले ४ मिनेट ३१.०६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसले ४ मिनेट ४४.४० सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

पुरुष ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले १ मिनेट ४१.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले १ मिनेट ४४.२६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले १ मिनेट ४४.४७ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।

महिला ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले २ मिनेट १६.०१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले २ मिनेट १९.७६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले २ मिनेट २०.०१ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस