काठमाडौंको बुढानीलकण्ठमा किङ्स टी टेन इन्डोर प्रतियोगिता आगामी शुक्रबारदेखि आयोजना हुने भएको छ।
किङ्स क्रिकेट क्लबको आयोजनामा यही साउन ९ देखि १७ गतेसम्म किङ्स टी टेन इन्डोर क्रिकेट हुन लागेको हो। बुढानीलकण्ठ नगरपालिकास्थित रोयल स्पोर्ट्स पार्कमा प्रतियोगिताका खेलहरू हुनेछन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको दोस्रो संस्करणको घोषणा गरिएको हो।
प्रतियोगितामा इन्डोर क्रिकेटकै सर्वाधिक ३२ टोलीको सहभागिता रहनेछ। हालसम्म आयोजित इन्डोर प्रतियोगितामा यो सर्वाधिक सहभागिता हो। सो अवसरमा आयोजक किङ्स क्रिकेट क्लबका अध्यक्ष मिलन थापाले प्रतियोगिताको उद्देश्य युथ क्रिकेट विकास गर्दै ग्रासरूट क्रिकेटलाई प्रोत्साहन गर्नु रहेको बताए। प्रतियोगिताका टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले लिग र नकआउट चरणमा प्रतियोगिता सञ्चालन हुने बताए।
कुल ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ। हरेक समूहमा रहेका टोलीहरूले एकअर्कासँग १/१ खेल खेल्नेछन्। त्यसपछि प्रत्येक समुहबाट शीर्ष टिम क्वार्टरफाइनल पुग्नेछन्। प्रतियोगिता आयोजनाको कुल बजेट करिब १० लाख रूपैयाँ रहेको सिजन प्रसाईंले जानकारी गराए। प्रतियोगिताको मूख्य प्रायोजक गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ।
ट्राभल पार्टनर प्याङ्गोलिन ट्राभल्स, बैंकिङ पार्टनर महालक्ष्मी विकास बैंक लिमिटेड, एजुकेसन पार्टनर फ्य्रांकलिन एजुकेसन कन्सल्टेन्सी, फुड पार्टनर सेकुवा बाई किलो रहेका छन्। यस्तै द पभेलियन स्टोर, हाम्रो खाजा घर, चिया अमृत, नेपाल बैंक लिमिटेडको पनि साथ रहेको छ।