विराटनगरसँग बदला लिँदै सुदूरपश्चिम फाइनलमा
२४ मंसिर २०८२
•
४ मिनेट पाठ
विराटनगरसँग बदला लिँदै सुदूरपश्चिम फाइनलमा
लज्जास्पद हारको तीन दिनपछि बदला लिँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ।




गत शनिबार विराटनगर किङ्सले लिगको अन्तिम खेलमा सुदूरपश्चिममाथि फराकिलो जितसँगै यस सिजनको पहिलो क्वालिफायरमा सोही टोलीसँग भेट पक्का गरेको थियो। त्यो खेलमा जित निकाल्ने क्रममा विराटनगरले ११.५ ओभरमै लक्ष्य भेट्टाएको हो।

४९  बलअगावै खेल आफ्नो बनाएको विराटनगरको त्यो जित एकपक्षीय नै रह्यो तर पनि सिजनको दोस्रो भेट प्रतिस्पर्धात्मक हुने अनुमान थियो। विराटनगरको बलियो पक्ष शीर्ष क्रममा आक्रामक ब्याटिङ हो। यता, सुदूरपश्चिम भने फिल्डिङमा चुस्त देखिँदै आएको थियो। उनीहरू हरेक फरकफरक खेलमा चल्ने गर्थे। तीन दिनपछि मंगलबार यी दुई भिड्दा दृश्य फरक देखियो।

यसपल्ट सुदूरपश्चिमले एकपक्षीय रूपमा नै जित निकाल्यो, त्यो पनि ३५ बलअगावै। विराटनगर पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिमसँग ७७ रनको फराकिलो हार सामना गर्न बाध्य भयो। बलियो पक्ष मानिएको विराटनगरको आक्रामक शीर्ष क्रमको ब्याटिङ नै धराशयी बन्यो। यससँगै सुदूरपश्चिमले पछिल्लो लज्जास्पद हारको बदला लियो। एकपल्ट फेरि शीर्ष क्रम चल्न नसक्दा विराटनगर असफल भयो। विराटनगरका टिम डाइरेक्टर दीपेन्द्र चौधरीले पनि तीन ब्याटर छिटै आउट भएसँगै खेलमा असर परेको बताए। ‘छिट्टै तीन विकेट गयो। त्यसले नै खेलमा असर पर्‍यो। विदेशी खेलाडी नै शीर्ष क्रममा छन्। उनीहरू छिट्टै गएपछि फर्कन नै सकेनौं,’ डाइरेक्टर चौधरीले भने, ‘शीर्ष क्रममा नै निर्भर पर्ने अवस्था सुधार गर्ने प्रयास भए पनि सफल भएनौं। आगामी खेलमा सुधार गर्छौं।’

शीर्ष क्रम चल्न नसक्दा विराटनगरको ब्याटिङ पूर्ण धराशयी बन्यो। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले एक ५६ रनको लक्ष्य दिएको थियो तर, विराटनगर १४.१ ओभरमा ७८ रनमै अलआउट हुन पुग्यो। ओपनर फाप डु प्लेसिसले ३६ रन बनाए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो र कुनै पनि ब्याटर लामो समय क्रिजमा रहन सकेनन्। इनिङको पहिलो बलदेखि नै विकेट गुमाएको विराटनगर समालिन नै सकेन। पहिलो दुई ओभरमा नै विराटनगरका तीन ब्याटर आउट भए। इनिङको पहिलो बलमै ओपर साम हेजलेट शून्यमै आउट भए। ओभरको अन्तिम बलमा मार्टिन गप्टिल २ रनमा रनआउट हुन पुगे। दोस्रो ओभरको पहिलो बलमै विराटनगरले तेस्रो विकेट गुमायो।

नरेन भट्ट खाता नखोल्दै पभेलियन फर्किए। यससँगै १.१ ओभरमा विराटनगर ३/३ को नाजुक अवस्थामा पुग्यो । तर, अर्का ओपनर डु प्लेसिस र बसिर अहमदले इनिङ समाल्ने प्रयास गरे। सातौं ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले बसिरलाई १२ रनमा कट एन्ड बोल्ड गराए। फेरि विराटनगरले लगातार विकेट गुमाउन पुग्यो। लोकेश बम ५ र नारायण जोशी १ रनमा आउट भए। ९.१ ओभरमा विराटनगर ५३/६ को नाजुक अवस्थामा पुग्यो। ११औं ओभरमा फाफ पभेलियन फर्किए र विराटनगरको जित आशा कमजोर बन्यो। फापले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे। हेमन्त धामीले शेल्डन ज्याक्सद्वारा फापलाई क्याच गराए। त्यसपछि मार्चन्ड डे लाङ्गेले १५ रन जोडेर आउट भए।

प्रतीश जिसी र कप्तान सन्दीप लामिछाने समान ३ रनमा आउट भए। सुदूरपश्चिमको बलिङमा स्कट कुग्गेलिन, हरमित सिंह र अविनाश बोहोराले समान दुई तथा हेमन्त र दीपेन्द्रले समान एक विकेट लिए। जितपछि सुदूरपश्चिमका कुग्गेलिनले फेरि फाइनलमा विराटनगरसँग नै भेट हुने अपेक्षा गरेका छन्। ‘आजको खेलमा राम्रो नै लक्ष्य दिएको थियौं। सोहीअनुरूप बलिङमा पनि राम्रो गर्‍यौं। अवसर सदुपयोग भयो,’ उनले भने, ‘पछिल्लो भेटमा विराटनगरसँग खराब हार सामना गरेका थियौं तर टी ट्वान्टीमा हरेक खेलमा परिस्थिति फरक हुन्छ र आज खेल हाम्रो पक्षमा रह्यो। विराटनगर नै फाइनल पुगोस् भन्ने अपेक्षा छ। यसपल्ट उपाधि जित्नेछौं।’

त्यसअघि टस हारेको सुदूरपश्चिमको ब्याटिङ पनि ओपनर विनोद भण्डारीमा नै निर्भर देखियो। उनको अर्धशतक प्रेरणामा सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ५५ रनको योगफल बनायो। ओपनर विनोदले ५२ बलमा ६३ रन जोडे। उनको इनिङमा तीन चौका र चार छक्का रह्यो। उनी म्यान अफ दी म्याच पनि भए। यस सिजन सबैभन्दा धेरै रन बटुल्ने सूचीमा उनी दोस्रो (२६४) मा छन्। सुस्त ब्याटिङ गरेको सुदूरपश्चिमले तेस्रो ओभरमै पहिलो विकेट गुमायो। कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन्। ओपनर मुख्तर अहमद १० रनमा आउट भए। अर्को छेउबाट विनोदले इनिङ अगाडि बढाए। उनले दोस्रो विकेटका लागि शेल्डन ज्याक्सनसँग ४० रनको साझेदारी गरे।

स्पिनर सूर्य तामाङले आठौं ओभरमा शेल्डनलाई २० रनमा आउट गरे। मुख्तर र शेल्डनले एनपिएलमा पहिलो खेल खेलेका हुन्  तर दुवैले राम्रो हुन सकेन। विनोदले तेस्रो विकेटको लागि पनि ईशान पाण्डेसँग ३१ रनको साझेदारी गरे।  नरेन भट्टले बाउन्ड्री लाइनमा उत्कृष्ट क्याच गरेपछि ईशान १३ रनमा पभेलियन फर्किए। १२.५ ओभरमा सुदूरपश्चिम ९२/३ को अवस्थामा थियो। त्यसपछि कप्तान दीपेन्द्र पनि ३ रनमै रनआउट भए। १४औं ओभर समाप्तिमा सुदूरपश्चिमले एक सय रनको आँकडा पूरा गर्‍यो। हरमित सिंह १४ रन र आरिफ शेख २० रन बनाएर आउट भए। विराटनगरको बलिङमा प्रतीश र मर्चान्ड डे लाङ्गेले समान दुई तथा सूर्य र साम हेजलेटले समान एक विकेट लिए। पराजित विराटनगरले दोस्रो क्वालिफायर आगामी बिहीबार इलिमिनेटरको विजेतासँग खेल्नेछ। बुधबार हुने काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको इलिमिनेटर विजेताले विराटनगरसँग भेट पक्का गर्नेछ।    
अर्को समाचार
विराटनगरसँग बदला लिँदै सुदूरपश्चिम राेयल्स एनपिएलकाे फाइनलमा
२३ मंसिर २०८२
•
१ मिनेट पाठ
विराटनगरसँग बदला लिँदै सुदूरपश्चिम राेयल्स एनपिएलकाे फाइनलमा
सुदूरपश्चिम रोयल्स दोस्रो पटक नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा पुगेको छ। मंगलबार सम्पन्न पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्ससँग लिग चरणको अन्तिम खेलमा ब्यहोरेको हारको बदला लिँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।  




टस हारेर पहिले ब्याटिङ गर्दा बनाएको १५६ रनको लक्ष्य बचाउँदै सुदूरपश्चिमले विराटनगरलाई ७७ रनको हार चखाएको छ। विराटनगरले १४ ओभर १ बलमा अलआउट हुँदै ७८ रन मात्रै जोड्न सक्यो।  

विराटनगरलाई रोक्ने क्रममा सुदूरपश्चिमका बलरहरू हरमित सिंह, स्कट कगलाइन र अविनाश बोहराले २–२ विकेट लिँदा हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।  

विराटनगरका तर्फबाट फाप डु प्लेसिसले सर्वाधिक २९ बलमा ३६ रन बनाए। उनीबाहेक मर्चेट डि लाङ्गेले १५ रनको योगदान दिँदा बसिर अहमदले १५ रन मात्रै बनाउन सके।  

यसअघि सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन जोडेको थियो। जसमा विनोद भण्डारीले अर्धशतकीय इनिङ खेल्दै ६३ रन बनाएका थिए। यस्तै आरिफ शेख र शेल्डन ज्याक्सनले २०–२० रन जोडे।  

बलिङमा विराटनगरका मर्चेन्ट डि लांगे र प्रतिश जिसीले २–२ विकेट लिँदा सूर्य तामाङ र साम हेजलेटले १–१ विकेट लिए।  

अब सुदूरपश्चिम सिधै फाइनलमा पुग्दा विराटनगरलाई थप एक मौका हुनेछ। उसले बुधबार हुने लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबिचको एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।  

दोस्रो क्वालिफायरको विजेता टोली सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्नेछ।  
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस