साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि जित्छौं: प्रशिक्षक गुरुङ
२५ असार २०८२
•
४ मिनेट पाठ
साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि जित्छौं: प्रशिक्षक गुरुङ
नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन्।




आगामी जुलाई ११ देखि २१ तारिखसम्म बंगलादेशको ढाकामा साफ यु-२० महिला च्याम्पियनसिपको दोस्रो संस्करण हुँदै छ। उक्त च्याम्पियनसिपको बिदाइको अवसरमा प्रशिक्षक गुरुङले यसपल्ट तयारी राम्रो भएको र टिम पनि बलियो बनेकाले उपाधि जित्ने आशा व्यक्त गरेका छन्। उनले यसै च्याम्पियनसिपको तयारीका लागि तीनवटा मैत्रीपूर्ण खेल पनि खेलेको उल्लेख गरे। यसले गर्दा खेलाडीहरूमा आफ्नो तयारीलाई बलियो बनाउने अवसर मिल्ने उनको विश्वास छ। यस उमेरसमूहमा भारतबाहेक नेपाल, भुटान, बंगलादेश र श्रीलङ्काले प्रतिस्पर्धा गर्दै छन्। प्रशिक्षक गुरुङले भारतको सहभागिता नहुनु आफूहरूको लागि सहज नरहेको पनि उल्लेख गरे।

भारतजस्तो बलियो टिमसँग खेल्न आफूहरू तयार रहने प्रशिक्षक गुरुङको भनाइ छ। प्रतिस्पर्धी टोलीहरू बलियो रहेको उल्लेख गर्दै खेल प्रतिस्पर्धात्मक हुने उनले आशा व्यक्त गरेका छन्। सिनियर राष्ट्रिय टोलीका लागि ब्याकअपसमेत रहेकाले यो उमेरसमूहको प्रतिस्पर्धा महत्वपूर्ण हुने उनी बताउँछन्।

यसै टोलीबाट केही खेलाडी छिटै सिनियर राष्ट्रिय टोलीमा समेत देखा पर्ने उनको विश्वास छ। गुरुङले अहिले बलियो टोली बनेको र साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएको विश्वास व्यक्त गरे।

साबिक उपविजेतासमेत रहेको नेपाली टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक महिनादेखि तयारी गरेको थियो। नेपाली टोलीका प्रशिक्षक गुरुङले यसपल्ट डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई राम्रो चुनौती दिन सक्ने टोली बनेको उल्लेख गरेका छन्।

पछिल्लोपल्ट यो उमेरसमूहमा राष्ट्रिय टोलीका तीन सदस्य प्रीति राई, अमिशा कार्की र दीपा शाहीले खेलेका थिए। तर पनि सन् २०२३ मा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपको नेपालले उपाधि जित्न सकेन। नेपाली टोलीले सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेशसँग उपाधि भिडन्त तय गरेको थियो।

तर, फाइनलमा भने नेपाली टोली ३–० को फराकिलो हार सामना गर्न बाध्य भयो। फेरि दुई वर्षपछि नेपाली टोली बंगलादेशमा नै दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्दै छ। प्रशिक्षक गुरुङले त्यो फाइनल फ्लड लाइटमा हुँदा खेलाडीलाई खेल्न असहज भएको र उपाधि गुमाउनुपरेको बताएका छन्। यसपल्ट त्यो अवस्था नदोहोरिने उनको विश्वास छ।

टोलीमा केही नयाँ अनुहार र उमेरसमूहका उत्कृष्ट खेलाडी समावेश छन्। यु–२० टोलीकी नवनियुक्त कप्तान बिर्सना चौधरीले तयारी राम्रो भएकाले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्। बिदाइ कार्यक्रमकै अवसरमा बिर्सनालाई कप्तान घोषणा गरिएको थियो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रममार्फत नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन्। उनीहरूले टोलीलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गर्दै बिदाइ गरेका थिए। सो अवसरमा एन्फाका अध्यक्ष पंकजविक्रमले कुनै दबाबबिना उच्च मनोबलका साथ खेल्न आग्रह गरे। महासचिव राईले पनि उच्च मनोबलको साथ खेल्न शुभकामना दिए। एन्फाले तीन स्थानमा सम्पन्न खुला छनोटबाट ६० जनाको प्रारम्भिक टोली बनाइएको थियो। त्यहाँबाट अन्तिम २३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो।

यो टोलीमा कुनै पनि उमेरसमूह नखेलेका तीन नयाँ अनुहार पनि छन्। यो संस्करणमा भारत सहभागी भएको छैन। नेपाल र बंगलादेशसहित भुटान र श्रीलंकासहित कुल चार राष्ट्र छन्। लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्नेछ। नेपालका लागि डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै भुटान पनि कठिन प्रतिद्वन्द्वी बन्न सक्नेछ। किनकि भुटानले पछिल्लो समय विभिन्न उमेरसमूहमा राम्रो प्रदर्शन गरेको छ। उमेरसमूहको एकेडेमीबाट उत्पादित भुटानको टोलीले दक्षिण एसियाली फुटबलमा बिस्तारै प्रभाव बढाउन थालेको छ। टोलीकी सदस्य मीना देउवालाई महत्त्वपूर्ण खेलाडीका रूपमा हेरिएको छ।

प्रशिक्षक गुरुङले टोली घोषणा गरिसकेका छन्। टोलीको तीन गोलकिपरमा लीला जोशी, करुण बुढाथोकी र सुजता तामाङ छन्। अन्य सदस्यमा सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिषा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर छन्। नेपालले जुलाई ११ मा भुटानसँग खेल्दै उपाधि यात्रा थाल्नेछ। त्यसपछि नेपालले जुलाई १३ मा घरेलु टोली बंगलादेश र जुलाई १५ र १७ मा श्रीलंकाको सामना गर्नेछ।

नेपालले जुलाई १९ मा भुटान र २१ मा बंगलादेशसँग फेरि खेल्ने तालिका छ। सहभागी चार टोलीले एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। नेपाली टोलीको सहायक प्रशिक्षकमा सन्देशकुमार श्रेष्ठ र किरणकुमार कार्की छन्। गोलकिपर प्रशिक्षकको जिम्मेवारीमा मीनबहादुर बस्नेत र टिम म्यानेजरमा इन्दु दुवाल छन्।
अर्को समाचार
साफ महिला यु-१७ च्याम्पियनसिपको उपाधि जित्छौँ : प्रशिक्षक श्रेष्ठ
०१ भदौ २०८२
•
२ मिनेट पाठ
साफ महिला यु-१७ च्याम्पियनसिपको उपाधि जित्छौँ : प्रशिक्षक श्रेष्ठ
नेपाली यु-१७ महिला फुटबल टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले भुटानमा हुने साफ महिला यु-१७ च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्।




साफ महिला यु-१७ च्याम्पियनसिप अगस्ट २० देखि ३१ तारिखसम्म भुटानमा आयोजना हुँदै छ। चार राष्ट्रले प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप जित्ने नेपाली युवा महिला टोलीको लक्ष्य छ। आइतबार भएको बिदाइ कार्यक्रममा प्रशिक्षक चेतनारायण श्रेष्ठले लामो समयदेखि प्रभावकारी तयारी गरिरहेको र खेलाडीले पनि धेरै मेहनत गरेकाले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्। खेलाडीको कमजोर पक्षहरू केलाउँदै त्यसमा काम गरेको उल्लेख गर्दै उनले हेटौडामा लामो क्याम्पमा राखेर तयारी गरेको र खेलाडीले पनि मेहनत गरेकाले यसपल्ट सुखद नतिजा आउने विश्वास व्यक्त गरेका हुन्।

च्याम्पियनसिप आर्टिफिसियल टर्फमा हुने भएकाले नेपाली टोलीले पनि टर्फमा नै आफ्नो तयारी गरेको प्रशिक्षक श्रेष्ठले उल्लेख गरेका छन्। यस च्याम्पियनसिपका प्रतिस्पर्धी राष्ट्र भुटान, भारत र बंगलादेश धेरै राम्रो रहेको उनले उल्लेख गरे। साथै आफूहरूले पनि उनीहरूलाई पराजित गर्ने उद्देश्यसहित खेल्ने प्रशिक्षक श्रेष्ठको विश्वास छ। उनले डिफेन्समा देखिएको कमजोर पक्ष सुधार भएको अपेक्षा गरेका छन्। अन्य केही कमजोर पक्षहरू पनि सुधार गरेकाले च्याम्पियन बन्छौं भन्ने विश्वास रहेको उनी बताउँछन्। साथै उनले अग्रता लिँदा र गोलले पछाडि पर्दा कसरी खेल्ने भन्ने बारे पनि तयारी गरेको उल्लेख गरेका छन्।

नेपाली टोलीकी कप्तान भूमिका बुढाथोकीले टिम धेरै राम्रो रहेको र प्रशिक्षकहरूले सिकाएका कुरामा खेलाडीले पनि धेरै मेहनत गरेकाले सुखद नतिजा आउने विश्वास व्यक्त गरिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक कार्यक्रम आयोजना गर्दै भुटान जाने नेपाली टोलीको बिदाइ गरेको थियो। टोली सोमबार भुटान जाँदै छ। यस च्याम्पियनसिपमा नेपालसहित, भारत, भुटान र बंगलादेश सहभागी छन्। सबैले एकअर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

नेपालले भारतसँग २० र २९ अगस्ट, भुटानसँग २२ र ३१ अगस्ट तथा बंगलादेशसँग २४ र २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ। एन्फाले यसअघि नै २३ सदस्यीय टोली सार्वजनिक गरिसकेको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस