खेलकुद बजेटमा परेन एसियन गेम्सको तयारी
१५ जेष्ठ २०८३
•
२ मिनेट पाठ
खेलकुद बजेटमा परेन एसियन गेम्सको तयारी
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेटमा जापानमा आगामी सेप्टेम्बरमा आयोजना हुने २०औं एसियन गेम्सको तयारीबारे समावेश भएको छैन ।




सरकारले आठ वटा शहरमा आधुनिक क्रिकेट रंगशाला निर्माणसँगै सात वटा शहरमा दुई हजार क्षमताको इन्डोर मल्टिपरपोज स्टेडियममा बनाउने जस्ता महत्वपूर्ण योजना अघि सारेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमा एसियन गेम्सको तयारी बारे पनि उल्लेख भएको छैन ।

यद्यपि, अर्थमन्त्री वाग्लेले खेलक्षेत्रका लागि चार अर्ब तीन करोड छुट्याएका छन् । अर्थमन्त्रालयले खेलकुदलाई  तीन अर्ब २० करोडको सिलिङ दिएको थियो । तर, सिलिङभन्दा ८२ करोड थपसहित बजेट आएको छ । एसियन गेम्स, दशौं राष्ट्रिय खेलकुद र पारा खेलकुदजस्ता महत्वपूर्ण आयोजना कार्यक्रममा समावेशसहित बजेट प्रस्ताव भएको थियो ।

तीमध्ये जापानमा आयोजना हुने २०औं एसियन गेम्सको तयारीका लागि भने बजेटमा उल्लेख गरिएको छैन । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेम्स तयारीका लागि १५ देखि १६ करोडको माग गरेको थियो । प्रस्तावित बजेटमा फाप्ला क्रिकेट मैदान निर्माण समावेश थिएन । सोही कारण प्रस्तावभन्दा बढी बजेट आएको हुन सक्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का एक अधिकारीले उल्लेख गरे । 

यद्यपि, उक्त बजेटमा क्रिकेट रंगशाला निर्माण, बहुउद्देश्यीय इन्डोर निर्माण र खेलाडीलाई अवकाशपछि निशुक्त स्वास्थ्य उपचार गर्ने जस्ता महत्वपूर्ण कार्यक्रममा समावेश गरिएको छ । साथै ग्रासरुटदेखि नै खेल विकासका लागि सरकारले विद्यालय तहदेखि नै आवसीय सुविधासहित तालिम दिने व्यवस्था गर्ने भएको छ ।

आगामी तीन वर्षभित्र आठ हजार दर्शक क्षमताका फुटबल मैदान बनाउने सरकारको बजेटमा उल्लेख छ । साथै उक्त स्टेडियममा १० वटा फ्लड लाइट जोडिने भएका छन् । सरकारले प्रमुख आठ शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउन आगामी पाँच वर्षको दीर्घकालीन योजना अघि सारेको छ । बहुउद्देश्यीय इन्डोर हल विराटनगर, सुर्खेत, बुटवल, लहान, धनगढी र पोखरामा बन्ने भएका छन् । जसको क्षमता दुई हजार रहनेछ ।

गत वर्ष नै दशौं राष्ट्रिय खेलकुद आयोजना हुनुपर्ने थियो । तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले चासो नदिएपछि कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुद हुन सकेन ।त्यसका लागि छुट्याएको बजेट नै फ्रिज हुन पुग्यो ।

वर्तमान सरकारले पनि कर्णाली प्रदेशमा आयोजना हुने दशौं खेलकुदका लागि बजेटलाई निरन्तरता दिएको छ । मधेशमा हुने एघारौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको लागि बजेट छुट्याएको छ । 

मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरीजाप्रसाद कोइराला रंगशाला र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला डिजाइन परिवर्तन गरी लगानी मोडालिटी तयार गर्ने जनाएको छ । विद्यार्थीलाई विद्यालयबाटै खेलकुदको तालिम दिने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश प्राप्त पछि आजिवन निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा भएको छ ।
अर्को समाचार
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
११ मिनेट अघि
•
१ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
महेन्द्रनगर, कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्।




पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको  जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए।

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन्। महेन्द्रनगरमा रोयल व्यायमशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन्। शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन्। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस