थाइल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै महिला कबड्डीमा नेपालको विजयी सुरुवात
०६ असोज २०८३
•
२ मिनेट पाठ
थाइल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै महिला कबड्डीमा नेपालको विजयी सुरुवात
तस्बिर : अनिल मल्ल ठकुरी/नागरिक
गत संस्करणको कांस्य पदक विजेता नेपालको महिला कबड्डी टोलीले थाइल्यान्डमाथि रोमाञ्चक जितसँगै जारी २०औं एसियाली खेलकुदको यात्रा सुरु गरेको छ।




टोकाई सिटिजेन जिम्नाजियममा मंगलबार थाइल्यान्डमाथि ४६-४३ को रोमाञ्चक जितसँगै नेपालले जापानमा जारी २०औं एसियाली खेलकुदको यात्रा सुरु गरेको छ। खराब सुरुआत गरे पनि उत्कृष्ट पुनरागमन गर्दै नेपाली टोलीले जित रचेको हो। समूह ‘बी’ को पहिलो खेलमा नेपालले थाइल्यान्डलाई सहजै हराउने अनुमान गरिएको थियो। 

यद्यपि, थाइल्यान्डले सुरुदेखि चुनौती दिँदै अन्तिम सिठ्ठीसम्म नेपाललाई दबाबमा राख्यो। अन्तिम समयमा समालिन नसक्दा हार बेहोर्‍यो। थाइल्यान्डको दोस्रो खेलमा पहिलो हार हो। नेपालको डिफेन्स चल्न नसक्दा थाइल्यान्डले त्यसको फाइदा उठायो। दोस्रो हाफमा भने नेपाली खेलाडीले सुधारिएको प्रदर्शन गर्दै स्कोर भेट्टाउन धेरै मेहनत गरे। अन्ततः खेल सकिन तीन मिनेट बाँकी छँदा मात्र नेपालले भेट्टायो। ३९-३९ को स्थितिमा नेपालले बराबरी गरेको हो।

थाइल्यान्डकी रेडर इदाम पावारिसिलाई रोक्दै अंक बराबरी गर्‍यो। लगत्तै रेडबाट नेपालले अंक बटुल्दै खेलमा पहिलोपल्ट अंक लियो। खेलमा पछि परेसँगै थाइल्यान्डका खेलाडी तीव्र गतिमा खेलमा फर्कने प्रयास गरे। तर, नेपाली टोलीले डिफेन्समा सुधार गर्दै विपक्षीको प्रयास सम्भव हुन दिएन। खेल अवधिभर नेपालले बोनस पोइन्टकै सहारामा थाइल्यान्डलाई पछ्याइ रह्यो।

पहिलो हाफमा नेपालले अफेन्स र डिफेन्स दुवैमा खराब प्रदर्शन गर्‍यो। यस क्रममा दुई पल्टसम्म अलआउट हुन पुग्यो। हतास देखिएको नेपालले खेलको सुरुआत देखि नै दबाब महसुस गर्‍यो। पहिलो हाफमा २४-१५ ले पछि पर्‍यो। पहिलो हाफमा पनि बोनस अंकको मद्दतमा नेपालले थाइल्यान्डलाई पछ्याइको हो। त्यसअघि बोनस अंक दिलाउँदै रबिना चौधरीलाई नेपाललाई साथ दिइरहेकी थिइन्। 

खेलमा फर्कने क्रममा नेपाली टोलीले रणनीति परिवर्तन गर्‍यो। पूर्वकप्तान मेनुकाकुमारी राजवंशीले कर्नरबाट कभरमा र कप्तान मानमति विष्टले कभरबाट कर्नर साइडमा परिवर्तन गरे। यो रणनीतिपछि नेपाल थप बलियो भयो र डिफेन्समा सुधार आयो। यससँगै दोस्रो हाफमा नेपाली टोलीले थाइल्यान्डलाई दुई पल्ट अलआउट गर्न सफल भयो। अग्रता लिँदा थाइल्यान्डले पनि बोनस पोइन्टमा ध्यान दियो। दोस्रो हाफमा दुवैतर्फm समान ८/८ बोनस पोइन्ट रह्यो। अन्तिम ६ मिनेट नेपाली टोलीले लगातार दबाब बनायो। जहाँबाट नेपाल खेलमा फर्कन सफल पनि भयो। यस क्रममा दोस्रो हाफ नेपालको पक्षमा ३१-१९ रह्यो। नेपालको जितमा रेडर रबिना चौधरीले उत्कृष्ट प्रदर्शन गरिन्।

समूह ‘बी’ नेपाल र थाइल्यान्डसँगै श्रीलंका र चाइनिज ताइपेइ छन्। थाइल्यान्डले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। अब नेपालले दोस्रो खेल बुधबार चाइनिज ताइपेइसँग खेल्नेछ। यो खेल जितमा चार राष्ट्र रहेको समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । अर्को समूह ‘ए’ मा भारत, इरान, बंगलादेश र जापान छ।
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
५२ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस