खुल्ला फुटबल प्रतियाेगितामा लिंगासैनी युथ क्लव प्रथम
०८ असोज २०८३
•
२ मिनेट पाठ
खुल्ला फुटबल प्रतियाेगितामा लिंगासैनी युथ क्लव प्रथम
कालीकाेट जिल्लामा भएको खुल्ला फुटसल प्रतियोगिताको उपाधि लिंगासैनी युथ क्लवले उपाधी हात पारेको छ। असोज ४ देखि सुरु भएको प्रतियोगिता असोज ७ गते सम्पन्न भएको हो।




युवापुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने, स्थानीय स्तरमा रहेका प्रतिभाको पहिचान तथा विकास गर्ने र खेलकुदमार्फत सामाजिक एकता तथा आपसी भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट सहभागी टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको समापन कार्यक्रम लिंगासैनी युथ क्लवका कार्यवाहक अध्यक्ष हिरासिंहको अध्यक्षता तथा खाँडाचक्र नगरपालिका–८ का वडा अध्यक्ष नन्दबहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। फाइनल खेलमा लिंगासैनी युथ क्लवले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो।

प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय हुने टोलीलाई २५ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

फाइनल खेलमा प्रकाश शाहीले प्रमुख रेफ्रीको भूमिका निर्वाह गरेका थिए। खेल अवधिभर खेलाडीहरूले अनुशासन, प्रतिस्पर्धात्मक भावना र उत्कृष्ट खेल कौशल प्रस्तुत गरेका थिए।

लिंगासैनी युथ क्लवका संस्थापक अध्यक्ष हिक्मतजंग मल्लले खेलकुदलाई केवल मनोरञ्जन वा प्रतियोगिताका रूपमा मात्र हेर्न नहुने बताए। उनका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका युवाको ऊर्जा सही क्षेत्रमा प्रयोग गर्न खेलकुद महत्वपूर्ण माध्यम बन्न सक्छ।

मल्लले भने, 'खेलकुदले शरीर मात्र बलियो बनाउँदैन, यसले अनुशासन, धैर्यता, नेतृत्व क्षमता र हारलाई स्वीकार गरेर पुनः उठ्ने साहस पनि सिकाउँछ।' आगामी दिनमा क्लबले अझ व्यवस्थित रूपमा खेलकुदका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत मल्लले जनाए।

कार्यक्रमका प्रमुख अतिथि तथा खाँडाचक्र नगरपालिका–८ का वडा अध्यक्ष नन्दबहादुर मल्लले युवाहरू समाज परिवर्तनका महत्वपूर्ण आधार भएको बताए। उनले युवाको ऊर्जा र क्षमता सकारात्मक क्षेत्रमा प्रयोग गर्न सके समाजमा रचनात्मक परिवर्तन ल्याउन सकिने धारणा राखे।

प्रतियोगिताको समापनसँगै आयोजकले सहभागी खेलाडी, टोली, रेफ्री, सहयोगी तथा प्रतियोगिता सफल बनाउन भूमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद दिएको छ।

लिंगासैनी युथ क्लबले आयोजना गरेको प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थप्नुका साथै स्थानीय युवाबीच प्रतिस्पर्धासँगै आपसी सद्भाव र भाइचाराको वातावरण निर्माण गर्न योगदान पुर्‍याएको सभा अध्यक्ष हिरासिंहले बताए।
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
३४ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस