इटहरी गोल्डकप : उद्‌घाटन खेलमा मोरङ विजयी
०१ वैशाख २०८३
•
२ मिनेट पाठ
इटहरी गोल्डकप : उद्‌घाटन खेलमा मोरङ विजयी
१६ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फुटबल प्रतियोगिताको उद्‌घाटन खेलमा युवा समाज मोरङ विजयी भएको छ। 




सोमबार भएको रात्रिकालीन फुटबल प्रतियोगितामा जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा समाज मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो।

इटहरी वडा नं. ९ को रंगशालामा भएको खेलमा मोरङको जितमा श्रीजन गौतम, सुजन डंगोल र दोर्जे तामाङले एक–एक गोल गरे। खेलको चौथो मिनेटमै श्रीजनले गोल गर्दै मोरङलाई अग्रता दिलाए।  खेलको ३५औं मिनेटमा नाइजेरियाका डिबोला हामजामले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। डेबिड ओलवोको फ्रिकिक मोरङका गोलकिपर प्रमञ्जय गच्छदारले नियन्त्रण गर्न नसक्दा आएको रिबाउण्ड बललाई हामजामले सदुपयोग गरेका थिए। पहिलो हाफको खेल १–१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफको ३८ औं मिनेटमा सुजन डंगोल र ४२ औं मिनेटमा दोर्जे तामाङले गोल थपेपछि खेल ३–१ को अवस्थामा पुगेको थियो।खेलको अन्त्यतिर थपिएको पाँच मिनेटको अतिरिक्त समयमा एडिगन पिटरले एक गोल फर्काएर खेललाई ३–२ को स्थितिमा पुर्‍याए।  खेलको ‘प्लेयर अफ दि म्याच’ विजयी टीमका दोर्जे तामाङ घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

मंगलबार हुने दोस्रो क्वाटरफाइनल खेलमा साबिक विजेता मछिन्द्र फुटबल क्लब र झापा–११ बिच प्रतिस्पर्धा हुनेछ। इटहरी गोल्डकपमा दोस्रो पटक सहभागिता जनाउन लागेको मछिन्द्र र झापा ११ बिच अघिल्लो संस्करणमा पनि क्वाटरफाइनलमा प्रतिस्पर्धा भएको थियो। जसमा मछिन्द्रले १–० को अन्तरले जित निकालेको थियो। मंगलबारको विजेता टिमले सेमिफाइनलमा युवा समाज मोरङसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टोलीको सहभागिता छ। विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही २०/२० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिताको कुल अनुमानित खर्च ८८ लाख ५० हजार रुपैयाँ रहेको क्लबका अध्यक्ष केशव कार्कीले बताए। राष्ट्रिय जागृति क्लबले आयोजना गरेको प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।
अर्को समाचार
विभागीय त्रिभुवन आर्मी इटहरी गोल्डकपको उद्घाटन खेलमा विजयी
१९ चैत्र २०७८
•
२ मिनेट पाठ
विभागीय त्रिभुवन आर्मी इटहरी गोल्डकपको उद्घाटन खेलमा विजयी
आयोजक इटहरी राष्ट्रिय जागृति क्लब र आर्मी (हरियो जर्सी) का खेलाडीबीच प्रतिस्पर्धा हुँदै। तस्बिरः अमर/नागरिक
विभागीय टिम त्रिभुवन आर्मी क्लब १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ। आर्मीले आयोजक राष्ट्रिय जागृति क्लबलाई हराएर विजयी भएको हो।  




इटहरी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गरियो। आर्मीका लागि टेकबहादुर बुढाथोकी र भरत खवासले गोल गरे। बुढाथोकीले २९ औं मिनेटमा र खवासले ४० औ मिनेटमा गोल गरे। खेलको शुरुवातदेखि नै आर्मीले आक्रमक रुपमा खेल प्रदर्शन गर्दा आयोजकले अपेक्षाकृत खेल प्रदर्शन गर्न सकेन।  

खेलको दोस्रो हाफमा आयोजकका तर्फबाट थुप्रैपटक गोल गर्ने अवसर चुकायो। आयोजकका तर्फबाट बिजय भुजेलले ६९ औं मिनेटमा १ गोल गर्न सफल भएर शुन्य हुनबाट बचाए। खेलको म्यान अफ दि म्याच आर्मीका भरत खवास घोषित  भए। उनले नगद १० हजार प्राप्त गरे।  

चैत २६ गतेसम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित आठ टिम सहभागी छन। जसमा मनाङ् मर्स्याङ्दी क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, झापा ११, मोरङ ११, आयोजक राष्ट्रिय जागृती क्लब, न्यूरोड टिम काठमाडौं, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजङ्गा फुटबल क्लब भारत रहेका छन्।

विजेताले ७ लाख  र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार पाउने प्रतियोगिता अन्तर्गत आइतबारको खेल ए डिभिजन क्लब मनाङ् मर्स्याङ्दी र कञ्चनजङ्गा फुटबल क्लब भारतबीच हुनेछ।

इटहरीमा राष्ट्रिय जागृति क्लबको आयोजनामा आठौं संस्करणसम्म क्लबका पूर्व अध्यक्ष स्वर्गीय दानवहादुर फूयँलको स्मृतिमा गोल्डकप फुटबल प्रतियोगिता हुँदै आएको थियो। जसलाई परिमार्जन गरी तीन वर्षसम्म इटहरी गोल्डकपको रुपमा खेल हुँदै आएको थियो। त्यसपछि त्यही गोल्डकपको नाम रुपान्तरण गरि मदन भण्डारी गोल्डकप दोस्रो संस्करण सम्मलाई निरन्तरता दिएको थियो। तर, अब फेरि आयोजकले पुरानै नाम इटहरी गोल्डकप दिएर प्रतियोगिता गर्न लागेको हो।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस