इसाक विश्वकै उत्कृष्ट स्ट्राइकर: स्लट
२८ भदौ २०८२
•
३ मिनेट पाठ
इसाक विश्वकै उत्कृष्ट स्ट्राइकर: स्लट
आर्ने स्लटले नयाँ अनुबन्धित एलेक्जान्डर इसाक सम्भवतः विश्वकै उत्कृष्ट स्ट्राइकर बन्न सक्ने प्रशंसा गर्दै रोकिएको प्रिसिजनमा बिस्तारै उनलाई लयमा ल्याउने बताएका छन्।




प्रिमियर लिग च्याम्पियन लिभरपुलले इसाकलाई न्युक्यासलबाट एक सय २५ मिलियन पाउन्डमा भित्र्याएको र उनको आगमनले टोली थप बलियो बन्ने विश्वास गरिएको छ। लामो  समयदेखिको अध्ययनपछि लिभरपुलमा इसाकको आगमन समर सिजनमा सम्भव भएको हो।

यो ट्रान्सफर विन्डोमा क्लबले करिब चार मिलियन पाउन्डभन्दा बढी खर्चिएको छ। क्रिस्टल प्यालेस र इङ्ल्यान्डका डिफेन्डर मार्क गुहीलाई अन्तिम मितिमा साइन गर्ने  लिभरपुलको प्रयास असफल भएको छ। ‘अन्तिम मितिमा धेरै कुराहरू भयो, जुन सधैं यस्तो हुँदैन। गत सिजन हामीले केही पनि गरेका थिएनौं,’ स्लटले भने,‘तर मलाई सबैभन्दा बढी खुसी लागेको इसाकलाई सम्झौता गर्न सफल भयौं।’

डच प्रशिक्षक स्लटले अन्तर्राष्ट्रिय ब्रेकमा इसाकको कार्यभारलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे स्विडेनका प्रशिक्षक जोन डाहल टोमासनले राम्रो भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन्। स्विडेनका २५ वर्षे खेलाडी स्टार इसाकले यस सिजन क्लब फुटबल खेलेका छैनन्। विश्वकप छनोटमा स्विडेनले स्लोभेनियासँग २–२ को बराबरी खेल्दा उनी बेन्चमा थिए। कोसोभोसँग पनि स्विडेन २–० ले स्तब्ध हुँदा उनलाई ढिलो गरी मैदानमा ल्याइएको थियो। ‘इसाक विश्वकै सर्वोत्कृष्ट हुन्। सम्भवतः हामीले सर्वश्रेष्ठ स्ट्राइकर पाएका छौं। उनको  देशका लागि दुईवटा खेल धेरै महत्त्वपूर्ण थिए। ती खेल उनले खेल्न आवश्यक थियो। तर, टोमासन बुझेका प्रशिक्षक हुन्। यदि दुई पटक ९० मिनेट खेलाउँदा इसाक सम्भवतः घाइते हुने थिए, त्यो कुरा प्रशिक्षकले बुझे,’ स्लटले भने।

एउटा प्रशिक्षकका लागि खेलाडीको हितमा हुने गरी हेरचाह गर्नु त्यति सहज नरहेको पनि स्लटको बुझाइ छ। ‘प्रशिक्षकका लागि खेलाडीको बारेमा त्यसरी सोच्न सधैं सजिलो हुँदैन।  तर, उनले खेलाडीको हित र हेरचाह गरे। त्यसैले उनी (टोमासन) ठूलो प्रशंसाका पात्र छन्। हामीले पनि इसाकसँग यस्तै व्यवहार गर्नेछौं,’ स्लटले भने, ‘हरेक खेलमा ९० मिनेट उनी मैदानमा रहने अपेक्षा नगर्नुहोस्। आउने दिनमा यो निश्चित रूपमा हुँदैन।’ स्लटले  प्रिसिजनमा पनि इसाकले ३/५ महिना गुमाएको उल्लेख गरे।

‘उनले उचित प्रिसिजन गुमाएका छन्। मलाई लाग्छ उनले टिम सेसनको तीन वा चार महिना गुमाएका छन्। त्यसैले अब हामीले उनलाई बिस्तारै लयमा फर्काउनुपर्नेछ। धेरै खेल  खेल्दैछौं र अभ्यासका समय कम छन्,’ प्रशिक्षक स्लटले भने।

इसाकको आलोचना

लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आइतबार बर्नलीविरुद्ध खेल्दै छ। न्युक्यासल छाड्ने इसाकको आग्रहपछि उनीमाथि भएको आलोचनाबारे बोल्न स्लटले अस्वीकार गरे। किनकि न्युक्यासलमा इसाकको अनुबन्ध अझै तीन वर्ष बाँकी थियो। ‘कहिलेकाहीँ मानिसहरू तपाईंको लागि खुसी मनाउँछन्। त्यसैले मलाई लाग्छ उनले लिग कपको उपाधि  (गत सिजन) जितेपछि सबै उनीप्रति साँच्चिकै खुसी थिए,’ उनले भने,‘त्यही खेलाडी बाहिर जान लाग्दा आलोचना गरिन्छ। यो उनको र मेरै जीवनमा हुने कुरा हो। अब उनी हाम्रा खेलाडी हुन् र म यसमा साँच्चिकै खुसी छु,’ स्लटले भने। उनको क्लब लिभरपुलले यस  सिजन प्रिमियर लिगमा तीनवटा खेल जितेको छ।

गुहीलाई अनुबन्धित गर्न लागेको  बारे उनले स्वीकार गरेका छन्। तर, भविष्यमा उनलाई भित्र्याउन सकिनेबारे भने स्लटले बताउन चाहेनन्। ‘गुहीलाई अनुबन्धित गर्ने अवस्थानजिक थियौं भन्न सक्दिनँ,’ उनले भने, ‘त्यसले यसबारे धेरै भन्न चाहन्नँ।’ उनी लिभर पुललाई २१औं पल्ट प्रिमियर लिगको उपाधि दिलाउने लक्ष्यमा छन्।

उपाधि जित्ने लक्ष्यमा उनीसँग  रक्षापंक्तिमा धेरै विकल्पहरू हुने स्लट बताउँछन्। गुहीलाई सम्झौता गर्न नसकिएको बारे पनि स्लटले सहज रूपमा लिए। ‘यी कुराहरू फुटबलमा हुन्छन्। खेलाडीहरूसँग पनि विगतमा यो भएको हुनुपर्छ। उनीहरू अरू कतै साइन गर्न धेरै नजिक थिए होलान्। त्यसपछि अन्तिम क्षणमा कुरा परिवर्तन भएको थियो होला,’ स्लटले भने। उनले गुही धेरै राम्रो खेलाडी रहेको र प्यालेसमा जमेको उल्लेख गरे। ‘क्रिस्टल प्यालेसमा उनी राम्रो स्थितिमा छन्। जहाँ उनले कम्युनिटी सिल्ड र एफए कप जितेका थिए। साथै उनीसँग धेरै राम्रा प्रशिक्षक पनि छन्। त्यसैले भविष्यमा उनले थप राम्रो गर्न सक्छन्,’ उनले भनेका छन्।
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
२ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस